भोलिदेखि सबै म्यानपावर अनिश्चित समयका लागि बन्द

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्द गर्ने घोषणा गरेका छन्। म्यानपावर कार्यालय मात्रै नभएर म्यानपावर मार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने प्रक्रिया समेत पूर्ण रूपमा रोक्ने सङ्घले जनाएको छ।

बिज्ञापन

सङ्घले विभिन्न मागहरूमा सरकारले उदासीनता देखाएको भन्दै भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्दको घोषणा गरेका हुन । सङ्घका अनुसार भोली देखि काठमाडौँस्थित मुख्य कार्यालय र देशभरका सबै शाखा कार्यालयहरू बन्द, वैदेशिक रोजगारीका लागि गरिने नयाँ विज्ञापन, अन्तर्वार्ता र सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्व–निर्धारित सम्पूर्ण श्रमिक उडान र वैदेशिक रोजगारीसँग सम्बन्धित सबै प्रकारका सरकारी र प्रशासनिक काम–कारोबार बन्द हुने छ।

बिज्ञापन

। संघले यसअघि चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्का गरिसकेको थियो। संघका अनुसार भोलिदेखि काठमाडौँस्थित मुख्य कार्यालय र देशभरका सबै शाखा कार्यालयहरू बन्द, वैदेशिक रोजगारीका लागि गरिने नयाँ विज्ञापन, अन्तर्वार्ता र सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्व–निर्धारित सम्पूर्ण श्रमिक उडान र वैदेशिक रोजगारीसँग सम्बन्धित सबै प्रकारका सरकारी र प्रशासनिक काम–कारोबार बन्द हुने भएको हो।

संघका महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिअनुसार आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ–हानिका लागि नभई समग्र व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोलिदेखि सबै म्यानपावर अनिश्चित समयका लागि बन्द

१३ मन्त्रालयका ९ हजार ६ सय ७ पद दर्ता,चार मन्त्रालयको अझैं अलमल

आयोगलाई अवकाश प्राप्त कर्मचारीहरुको ‘क्लब’ बनाउने तयारी,उमेर हद राखियो ७० बर्ष

तस्करीको हब बन्दै मुस्ताङ भन्सार,कर्मचारीलाई सधै उन्मुक्ति

काठमाडौँका यी स्थानबाट हुँदैछ आज ग्यास वितरण

उच्च अदालत बारमा वामपन्थी समूहको प्यानलै बिजयी

चौथोदेखि आठौं तहका १ सय ७ कर्मचारीको सरुवा

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

बिशेष