नेपाल आयल निगमले आज काठमाडौंका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ। निगमले आइतबार उपत्यकाका सात बिक्री केन्द्रबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण,ओम,सुगम,एसटिसी ब्रान्डका ग्यास वितरण गर्न लागेको हो ।
बिज्ञापन
जस अनुसार, टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन् । त्यस्तै, पशु सेवा शाखा, चापली, बूढानीलकण्ठबाट नेपाल, एचपी र मनु, राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया तथा नयाँ बजाररनयाँ बानेश्वर होटल परिसरबाट नेपाल, एचपी र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ ।
बिज्ञापन
पुरानो जिल्ला प्रशासन कार्यालय परिसर, बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ । त्यस्तै, चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र, कीर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण गरिनेछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ग्यास उद्योगीहरूसँगको समन्वयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विभिन्न ब्रान्डका ग्यास उपलब्ध गराइने निगमले जनाएको छ। निगमले शनिबार काठमाडौंका पाँच स्थानबाट ६ हजार ८०२ थान ग्यास विक्री गरेको थियो।
बिज्ञापन



























