उच्च अदालत बारमा वामपन्थी समूहको प्यानलै बिजयी

उच्च अदालत बार एशोसिएसन पाटनमा वामपन्थी समर्थक कानुन ब्यवसायी समूह बृहत् प्रगतिशील तथा पेसागत समूह (पीपीएलए–एनएलए)को प्यानलै बिजयी भएको छ ।

बिज्ञापन

निर्वाचनमा नेकपा एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूह (पीपीएलए) का सेवन्तराज निरौला फराकिलो मतान्तरसहित अध्यक्षमा विजयी भएका छन् ।

बिज्ञापन

प्राप्त मत परिणामअनुसार निरौलाले १ हजार १५२ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र व्यवसायी मञ्चका उम्मेदवार भेषराज पोखरेलले १९९ मत र नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) का देवीप्रसाद रिजालले १२२ मत प्राप्त गरेका छन्।

शनिबार भएको निर्वाचनमा पीपीएलए–एनएलए गठबन्धनबाट उपाध्यक्षमा अधिवक्ता दुर्गाप्रसाद चिमरिया, सचिवमा अधिवक्ता राजीव पोखरेल, सहसचिवमा अधिवक्ता सीमा सुवेदी र कोषाध्यक्षमा अधिवक्ता दिलकुमार कार्की बिजयी भएका छन् । त्यसैगरी, बिजयी हुनेहरुमा महिला सदस्यतर्फ अधिवक्ता अनिता पौड्याल, अधिवक्ता इन्दिरा शर्मा र अधिवक्ता बबिता राई छन् । यस्तै,खुला सदस्यतर्फ अधिवक्ता विष्णु महत, शर्मिला अधिकारी, दिपेश ओझा, सुलभ पराजुली, मैयाँ ढुङ्गाना, निश्चल खरेल, बालकृष्ण थापा, राजन केसी, कटकबहादुर शाही, गोविन्दकुमार शाह र मातृका खनाल बिजयी भएका छन् ।
प्राप्त मत परिणाम अनुसार,उपाध्यक्षमा १ हजार ६२ मतसहित दुर्गाप्रसाद चिमरिया, सचिवमा १ हजार ४५ मतसहित राजीव पोखरेल, सहसचिवमा १ हजार ५३ मतसहित सिमा सुवेदी विजयी भएका छन् ।

बिज्ञापन

कोषाध्यक्षमा दिलकुमार कार्कीले १ हजार ८८ मत, महिला सदस्यमा १ हजार १६९ मतसहित अनिता पौड्याल र सदस्यहरुमा १२ जना विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

काठमाडौँका यी स्थानबाट हुँदैछ आज ग्यास वितरण

उच्च अदालत बारमा वामपन्थी समूहको प्यानलै बिजयी

चौथोदेखि आठौं तहका १ सय ७ कर्मचारीको सरुवा

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

बिशेष