छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

यस अघि अधिकृतस्तर अर्थात छैंटौं तहलाई राजपत्र अनंकित तहमा झार्न खोजिएको भन्दै अधिकृत छैटौं मञ्चले गम्भीर आपत्ति जनाएको छ । संघीय निजामती सेवा विधेयकमा अधिकृतस्तरको छैटौँ तहलाई सहायकस्तरमा झार्न खोजिएको भन्दै अधिकृत छैटौँ तह संरक्षण मञ्च, नेपालले आपत्ति जनाएको हो ।

बिज्ञापन

हाल राजपत्रांकित तृतीय श्रेणीसरह मान्यता पाउँदै आएको छैटौँ तहलाई सहायकस्तरमा झार्ने प्रस्तावप्रति मञ्चले आपत्ति जनाएको हो । निजामतीमा तहगत प्रणाली लागू हुँदा अधिकृतस्तरको वर्गीकरणमा छैटौँ, सातौँ र आठौँ तहलाई समेटिएको उल्लेख गर्दै विगतमा राष्ट्रिय सभाबाट पारित विधेयकमा समेत ६ औँ, ७ औँ र ८ औँ तहलाई राजपत्रांकित तृतीय श्रेणीअन्तर्गत राखिएको जनाइएको छ। स्थापित अभ्यास, दुवै सदनको यसअघिको स्वीकारोक्ति तथा प्रदेश र स्थानीय तहमा रहेको अभ्यासविपरीत छैटौँ तहलाई अनंकित सहायक श्रेणीमा झार्ने प्रस्तावले सार्वजनिक प्रशासनमा अन्योल सिर्जना गर्ने जनाएको छ।
यस्का अलवा कर्मचारी समायोजन ऐन, २०७५ को मर्मअनुसार छैटौँ तहलाई राजपत्रांकित तृतीय श्रेणी अर्थात् अधिकृतस्तर मानेर संघ, प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन गरिएको थियो। हाल सातवटै प्रदेश र देशभरका ७५३ स्थानीय तहसहित सरकारी तथा सार्वजनिक संस्थानमा छैटौँ तहका कर्मचारी अधिकृतका रूपमा कार्यरत रहेको विज्ञप्तिमा उल्लेख छ।

बिज्ञापन

मञ्चले संघीय निजामती सेवा विधेयकमा छैटौँ, सातौँ र आठौँ तहलाई साविकबमोजिम राजपत्रांकित तृतीय श्रेणी अर्थात् अधिकृतस्तरमै कायम गर्न माग गरेको छ। माग सम्बोधन नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिँदै मञ्चले त्यसबाट उत्पन्न हुने प्रशासनिक असन्तुलन, परिस्थिति तथा सेवाग्राहीलाई पर्ने असुविधाको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने जनाएको छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

बिशेष