किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित आगामी सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ । पत्नी सरस्वतीद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले श्रेष्ठको निवास र जनआस्था कार्यालयबाट प्रहरीले बरामद गरेका सामानसहित उपस्थित गराउन आदेश दिएको हो ।

बिज्ञापन

अस्ति राति घरबाट पक्राउ परेका श्रेष्ठलाई हिजो जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थप गरेको थियो । उनको घरमा हिजो राति पुनः प्रहरीले खानतलासी गरेर सिसिटिभी रेकर्डर लगेको छ । कार्यालयबाट छ थान कम्प्युटर सिपीयु र एउटा मनिटर, एउटा मोबाइल लगेको छ भने घरबाट बालबालिकाको ल्यापटप मोबाइल अस्ति राति लगेको हो ।

बिज्ञापन

रिटको पक्षमा टीकाराम भट्टराई र रमेश बडालले बहस गरेका थिए । व्यक्तिगत गोपनीयता सम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरेको थियो। प्रहरीले बिहीबार अपराह्न ४ बजेपछि श्रेष्ठलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बिहीबार श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। अदालतले तीन दिनको म्याद दिएको हो।

सोही प्रकरणममा बिनाआधार पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश (थुनामुक्त) जारी गर्न माग गर्दै बिहिबार श्रेष्ठको पत्नी सरस्वतीले दायर गरेको रिटको सुनुवाई गर्दै न्यायधीश ढकालले आगामी भदौं १ मा बरामद गरिएको सामानसहित उपस्थित गराउन आदेश दिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

बिशेष