अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

गृह मन्त्रालयले १० सहसचिवको दरबन्दी कटौती गरेको छ । मन्त्रालयले तयार पारेको ओएनएम अनुसार यस अघि सहसचिव सिडियो रहने २६ जिल्लामध्ये ९ जिल्लाबाट सहसचिवको दरबन्दी कटौती गरेको हो । यस अघि ६१ जिल्लामा सहसचिव तहका कर्मचारीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइदै आएकोमा अब ५२ जिल्लामा मात्र सहसचिव तहका कर्मचारीहरु प्रमुख जिल्ला अधिकारीको रुपमा खट्नेछन् ।
गृहले तयार पारेको नयाँ ओएनएम अनुसार,यस अघि १६ जिल्लामा उपसचिव तहका कर्मचारीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइँदै आएकोमा अब २५ जिल्लाको कमाण्ड उपसचिव तहका सिडियोले गर्नेछन् । यस अघि ६१ जिल्लामा सहसचिव तहका कर्मचारीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइँदै आएकोमा अब अब ५२ जिल्लाको प्रशासनिक नेतृत्व सहसचिवले गर्ने तय भएको छ । गृहले गौतमबुद्ध विमानस्थल भैरहवाको अध्यागमन कार्यालय गरी १० सहसचिवको दरबन्दी कटौती गरिएको हो ।

बिज्ञापन

गृहले तयार पारेको नयाँ ओएनएम अनुसार बैतडी, डडेल्धुरा, अछाम, जुम्ला, सल्यान, जाजरकोट, रोल्पा, भोजपुर र खोटाङ जिल्लामा रहेको सहसचिव तहका दरबन्दी कटौती भएको हो । ती जिल्लामा अब उपसचिव सरहका प्रजिअको दरबन्दी कायम भएको छ । सोही व्यवस्था अनुसार हिजैमात्र बैतडी जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा उपसचिव मीना अर्याललाई खटाइसकेको छ । त्यहाँबाट प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईलाई सोलुखुम्बु खटाइएको छ । नयाँ ओएनएम अनुसार,अब ७७ मध्ये ५२ जिल्लाको प्रजिअमा सह सचिवको दरबन्दी रहनेछ भने बाँकी २५ जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी रहनेछन् ।

बिज्ञापन

हाल विभिन्न प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८० ले पदस्थापन वा सरुवा गर्ने वा काजमा खटाउने प्रयोजनका लागि जिल्लाको वर्गीकरण र आधारसम्बन्धी व्यवस्था गरेको छ । कार्यविधिको दफा ६ मा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) प्रमुख जिल्ला अधिकारीको पदमा पदस्थापन वा सरुवा गरिने वा काजमा खटाउने प्रयोजनका लागि ६१ जिल्लालाई वर्गीकरण गरेको थियो । यस्तै यस अघि १६ जिल्लामा उपसचिवको दरबन्दी रहेको छ । यसरी उपसचिव प्रमुख जिल्ला अधिकारी रहने जिल्लाहरुमा ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, रसुवा, पूर्वी रुकुम, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, कालिकोट, म्याग्दी, रुकुम पश्चिम, बाजुरा, बझाङ र दार्चुलामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइन्छ ।

हाल १६ जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहनेमा अब तडी, डडेल्धुरा, अछाम, जुम्ला, सल्यान, जाजरकोट, रोल्पा, भोजपुर र खोटाङ जिल्ला गरी २५ जिल्ला उपसचिवले प्रशासनिक नेतृत्व गर्नेछन् । ओएनएम सर्वेक्षणअन्तर्गत लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा सहसचिव दरबन्दी कटौती गरी उपसचिवलाई खटाउने गरी ओएनएम बनेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

बिशेष