प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक शाखा अधिकृतसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत होमबहादुर राउतसँग तीन दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण पेश गर्न भनेको हो,त्यो पनि भौतिक उपस्थितीमै स्पष्टीकरण पेश गर्न भनिएको छ ।

बिज्ञापन

पालिकामा सेवा लिन पुगेका एक जेष्ठ नागरिक सेवाग्राहीलाई प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतले गरेको व्यवहारका सम्बन्धमा मन्त्रालयमा उजुरी तथा गुनासो प्राप्त भएसँगै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन दिनभित्र मन्त्रालयमै उपस्थित भएर जबाफ दिन पत्र काटेको हो ।

बिज्ञापन

राउतले एक जेष्ठ सेवाग्राहीलाई जसलाई भोट दिएको हो,त्यही सेवा लिन जानुहोस भन्दै सेवाग्राहीसँग सम्मानजनक व्यवहार नगरेको बिषयमा सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा नागरिकस्तरबाट मन्त्रालयमा उजुरी तथा गुनासो प्राप्त भएपछि मन्त्रालयले राउतसँग स्पष्टीकरण मागेको हो।

मन्त्रालयको पत्रअनुसार पत्र प्राप्त भएको मितिले तीन दिनभित्र मन्त्रालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न प्रमुख प्रशासकीय अधिकृत राउतलाई निर्देशन दिइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

बिशेष