मन्त्रिपरिषद्को बैठकले गरेका विभिन्न ६ वटा निर्णयहरु सार्वजनिक भएका छन् । आज बसेको क्याविनेटले प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहा जिल्लाका गणेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
बिज्ञापन
यसैगरी, नेपालभित्र पैठारी हुने वा स्वदेशमै उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) मा पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ भने बाराका निर्मलकुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । त्यस्तै, नेपाल र पोर्चुगलबीचको कुटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय पनि भएको छ ।
बिज्ञापन
सार्वजनिक चासोको विषय बनेको एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनलाई पनि सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।



























