खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो सिइओ

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि दरखास्त आह्वान गरिएको छ । प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि गठित सिफारिस समितिले मंगलबार एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट छनोट गर्नेगरी सिइओमा आवेदन आह्वान गरेको हो ।

बिज्ञापन

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नियमावली तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिम सिइओका लागि आवेदन माग गरिएको समितिले जनाएको छ ।

बिज्ञापन

आवेदन आगामी २१ दिनभित्र दिन सकिनेछ । समितिका अनुसार, अनुभव, योग्यतालगायत विस्तृत जानकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वेबसाइटमा राखिएको छ ।

खाद्य संस्थानमा अहिले मोहन प्रकाश चन्द कार्यकारी अधिकृत छन् । उनको कार्यकाल सकिन लागेकाले त्यसअगावै नयाँ प्रमुख कार्यकारी अधिकृत चयनका लागि प्रक्रिया थालिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष