खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माग्यो सिइओ

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि दरखास्त आह्वान गरिएको छ । प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि गठित सिफारिस समितिले मंगलबार एक सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट छनोट गर्नेगरी सिइओमा आवेदन आह्वान गरेको हो ।

बिज्ञापन

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नियमावली तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका, २०७८ बमोजिम सिइओका लागि आवेदन माग गरिएको समितिले जनाएको छ ।

बिज्ञापन

आवेदन आगामी २१ दिनभित्र दिन सकिनेछ । समितिका अनुसार, अनुभव, योग्यतालगायत विस्तृत जानकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वेबसाइटमा राखिएको छ ।

खाद्य संस्थानमा अहिले मोहन प्रकाश चन्द कार्यकारी अधिकृत छन् । उनको कार्यकाल सकिन लागेकाले त्यसअगावै नयाँ प्रमुख कार्यकारी अधिकृत चयनका लागि प्रक्रिया थालिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिराहा नगरपालिकाका ५० जना कर्मचारीको करार सम्झौता रद्द

सिटौलाको काँधमा निमित्त महाप्रवन्धकको जिम्मेवारी

विदेशीको गतिविधि अनलाइनबाटै निगरानी गर्दै अध्यागमन विभाग

चुनावका लागि निर्वाचन आयोगले पायो ६ अर्ब ७३ करोड रूपैयाँ

जंगी अड्डा भन्छ : सेनासँग कुनै राजनीतिक एजेण्डा छैन

सर्वपक्षीय सरकार माग्दै मिराज ढुङ्गाना समूहको प्रदर्शन,पक्राउ परे आधा दर्जन जेनजी

‘लाचार’ मुख्य सचिव, पेन्डुलम सहसचिव

२८ शाखा अधिकृतको सरुवा : १६ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

बिशेष