लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरूले सडकमा उत्रिएका छन् । स्थायी नियुक्ति रोक्ने सरकारी निर्णय पछि भड्किएका युवाहरु आज माइतीघर मण्डलामा प्ले कार्ड सहित निस्किएका हुन ।
बिज्ञापन
गोविन्दराज कार्की मुख्यसचिव नियुक्त भएसँगै पहिलो पटक बसेको सचिव बैठकले विभिन्न २२ वटा निर्णय गर्दा बुँदा नम्बर ११ मा चालु आर्थिक वर्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना कुनै पनि सरकारी कार्यालयले नयाँ दरबन्दी सिर्जना गर्न नपाइने र चालु आर्थिक वर्षमा अस्थायी पदपूर्ति नगर्ने र स्थायी पदपूर्तिका लागि पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृतिबिना लोक सेवा आयोगमा माग पठाउन नपाउने निर्णय गरेको छ। पदपूर्ति रोक्ने,कुनै निकायले लोकसेवासँग विज्ञापन माग गर्नु अगाडि प्रधाननमन्त्री कार्यालयको स्वीकृति लिजनुपर्ने व्यवस्था राखिएको थियो ।
बिज्ञापन
सचिवस्तरीय बैठकले नयाँ ओएण्डएमपछि बढी हुने (फाजिल) कर्मचारीको व्यवस्थापन नभएसम्मका लागि स्थायी पदपूर्तिमा रोक लगाउने निर्णय गरेको थियो । साथै कुनै पनि निकायले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वस्वीकृतिबिना नयाँ स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नपठाउन भनिएको छ ।
सोही निर्णय खारेजीको माग गर्दै लोकसेवा तयारी गरिरहेका युवाहरु सडकमा उत्रिएका हुन । उनीहरुले ११ नम्बर बुँदा खारेजी गर्नुपर्ने माग राखेका छन् । हात हातमा प्ले कार्ड बोकेर उत्रिएका युवाहरुले पहुँच भए खाऊ युवा९स्वकीय सचिव खाऊ १ लोक सेवा भिड्ने भए, भर्ना छैन जाऊ भन्ने प्ले कार्ड बोकेर प्रर्दशनमा उत्रिएका छन् । उनीहरुले लोकसेवाको अधिकार खोस्न पाइदैन,हामीलाई लुई चौधौं जस्तो शासक चाहिएको होइन,देशमै बाँच्ने,देशमै बस्ने वातावरण सिर्जना गर,संसदहरुलाई स्वकीय सचिव नराख राख्ने नै हो भने नेपाल सरकारको कर्मचारी राख नारा अंकित प्लेकार्ड बोकेर प्रर्दशनमा उत्रिएका हुन ।


























