समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समुह निर्माण तालिम सुरु

समुदायस्तरमै विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले धनकुटामा समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समूह निर्माणसम्बन्धी सातदिने तालिम तथा सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ।

बिज्ञापन

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय पकली, सुनसरी तथा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म मुख्यालय छिन्ताङ, धनकुटाको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सशस्त्र प्रहरी बलको गुल्म परिसरमा सुरु भएको हो।

बिज्ञापन

तालिममा ७ जना महिला र १३ जना पुरुष गरी २० जना प्रशिक्षार्थी सहभागी छन्। सहभागीमध्ये १३ जना विपद् सूचक तथा स्थानीयवासी र ७ जना नगर प्रहरी रहेका छन्। सात दिनसम्म सञ्चालन हुने तालिममा विपद् व्यवस्थापनको परिचय, बाढी–पहिरो तथा पानीजन्य विपद्मा खोज तथा उद्धार, भूकम्प प्रतिकार्य, आगलागी नियन्त्रण तथा सुरक्षा, भत्किएका संरचनामा खोज तथा उद्धार, प्राथमिक उपचार, गाँठो बाँध्ने विधि तथा यसको प्रयोगलगायत विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिने जनाइएको छ।

तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विपद्का घटनामा स्वयंसेवकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो। समुदायमै दक्ष स्वयंसेवक तयार भएमा विपद्को प्रभाव न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने उल्लेख गर्दै उहाँले विपद् व्यवस्थापन सरकारी निकायको मात्र जिम्मेवारी नभई समुदायको सक्रिय सहभागिता पनि उत्तिकै आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

बिज्ञापन

कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। सहभागीहरूलाई विपद्का बेला तत्काल प्रतिकार्य गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म मुख्यालय छिन्ताङका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रसाद सिग्देलले सशस्त्र प्रहरी बलले समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै विपद् प्रतिकार्यका गतिविधिलाई थप प्रभावकारी बनाउने नीति अवलम्बन गरेको बताउनुभयो। उहाँले विपद्को समयमा जनधनको क्षति न्यूनीकरण गर्न स्थानीय समुदाय र सुरक्षा निकायबीचको समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
तालिमबाट समुदायस्तरमा दक्ष स्वयंसेवक समूह तयार भई विपद्का घटनामा तत्काल खोज, उद्धार तथा राहत कार्यमा प्रभावकारी सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीलाई सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास आयोजकको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रथम उद्धारकर्ता प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समुह निर्माण तालिम सुरु

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

मन्त्रिको सल्लाहाकार नियुक्ति र राज्यकोषमा दोहन

निजामती नयाँ ऐन, कर्मचारीलाई छैन चैन : दुई सहसचिवले दिए राजीनामा, एक सातामै ४८ कर्मचारी बाहिरिए

नयाँ निजामती ऐनको मस्यौदाले कर्मचारीतन्त्रमा तरंग : छड्के प्रवेशदेखि सामूहिक अवकाशसम्मका प्रस्तावले बढायो बहस

निर्णय गर्दै पछि हट्दै बालेन सरकार

भेप तस्कर बढ्दै, कसले ल्यायो करोडौँको भेप ?

बिशेष