नेता कुट्ने हाकिम प्रहरीको फन्दामा

पूर्वाधार विकास कार्यालय सल्यानका हाकिम प्रहरीको फन्दामा परेका छन्। पूर्वाधार विकास निर्देशनालय पूर्वाधार विकास कार्यालय सल्यानका सिनियर डिभिजन इन्जिनियर हरिबहादुर ओलीवलीलाई पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

बिज्ञापन

नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्टमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका उनलाई आइतबार अदालतले पाँच दिन हिरासतमा राखेर घटना अनुसन्धानका लागि अनुमति प्रदान गरेको हो।

बिज्ञापन

चैत २९ गते बेलुकी सल्लीबजारस्थित बालुवा संग्रहको कृष्ण होटलमा ५६ वर्षीय विष्ट र कार्यालय प्रमुख ३६ वर्षीय वलीबीच सामान्य विवाद हुँदा वलीले आफूमाथि कुटपिट गरेको भन्दै विष्टले किटानी जाहेरी दिएका थिए। वलीलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए।

सभापति विष्टको टाउकोमा चोट लागेको छ। उनको टाउकोमा पाँच वटा टाँका लगाइएको डिएसपी कार्कीले बताए।प्रहरीले वलीमाथि कुटपिट तथा अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

बिशेष