गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमाति कार्यकक्षमै दुव्र्यवहार भएको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका छन् । घटना हो छिन्नमस्ता गाउँपालिकाको । सो पालिकाको प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झामाथि कार्यकक्षमै दुर्व्यवहार भएको भन्दै कर्मचारीहरुले सो घटनाको विरोध गरेका छन् ।
बिज्ञापन
कार्यकक्षमा प्रवेश गरेर एक समूहले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी दुर्व्यवहार गर्नुका साथै कुर्सीबाट लडाउने, अपशब्द प्रयोग गर्ने र कार्यालयको झ्यालका सिसा लगायतका सार्वजनिक सम्पत्ति तोडफोड गरी ठूलो क्षति पुर्याएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै कडाभन्दा कडा कारबाही गरेका छन् ।
यस विषम परिस्थितिलाई मध्यनजर गर्दै गाउँपालिकाका कर्मचारीहरूले चारबुँदे माग सार्वजनिक गरेका छन् । उनीहरूले कार्यकक्षमा दुर्व्यवहार र तोडफोडमा संलग्न मुख्य योजनाकार तथा व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन र प्रहरीसँग माग गरेका छन्।

































