संगठन एउटा असल शिक्षालय पनि हो

डा.दामोदर रेग्मी
संगठनका आ आफ्ना उद्देश्यहरु हुन्छन् ती उद्देश्यहरु प्राप्तिका लागि संगठनमा मानवीय र गैर मानवीय स्रोतहरुको व्यवस्था गरिएको हुन्छ । मानवीय र गैर मानवीय स्रोतहरुको कुशल संयोजन र व्यवस्थापन संगठनको सफलताको संवाहक हो ।सांगठनिक मनोविज्ञान यिनै साधन स्रोतहरुको उपलब्धता रव्यवस्थापन वाट संगठनको उद्देश्य प्राप्तिका लागि मानवीय संवेदना र अन्तरसम्बन्ध संग सम्बन्धित विषय हो । यसको विववेकपूर्ण व्यवस्थापनमा नै संगठनको सफलता निर्भर रहेको हुन्छ ।

बिज्ञापन

मानव संसाधन व्यवस्थापन संगठनको लागि अति महत्वपूर्ण व्यवस्थापकीय आयाम हो । संगठनको उद्देश्य सहितको कुनै निश्चित कार्य निश्चित विधिपुर्वक सम्पादन गरी अपेक्षित उपलब्धी हासिल गर्न विविध श्रोतको आवश्यकता पर्दछ । यसमध्ये मानवश्रोत एउटा महत्वपूर्ण श्रोत हो । यसलाई मानवशक्ति,श्रमशक्ति, जनशक्ति पनि भन्ने गरिन्छ । मानवशक्ति अन्य साधनश्रोतहरु पूजी, प्रविधी, प्रक्रिया, वस्तु र सूचनाको उपयोग र प्रभावकारितामा अभिवृध्दि ल्याउन सक्ने क्षमतालेयुक्त महत्वपूर्ण श्रोत हो ।मानव शक्ति संवेदनालेयुक्त श्रोत पनि हो ।संवेदना र बौध्दिक क्षमता तथा कुशलताको कारणले मानवस्रोतको व्यवस्थापन महत्वपूर्ण मानिने गर्दछ ।सांगठनिक मनोविज्ञानको क्षेत्र पनि यिनै परिवेशमा केन्द्रित रहेको हुन्छ ।

बिज्ञापन

मानव संसाधन व्यवस्थापनले मानिसहरुको शक्ति र क्षमताको उचित व्यवस्थापन गरी अपेक्षित परिणाम निकाल्नमा सहयोग पुर्याउंछ । मानव संसाधन व्यवस्थापनले मानवीय साधनहरुको अद्यावधिक स्थिति र आवश्यकताको योजना, प्राप्ति, उपयोग, विकास, सामयिक संभार, एकाकार, अवकाश ,अवकाश पश्चातको योजना र अवकाश व्यबस्थापन जस्ता समग्र पक्षलाई समेट्दछ । मानव श्रोत व्यवस्थापन यी सवै कार्यहरुको श्रृड.खलावध्द प्राथमिकतामा आधारित विभिन्न क्रियाकलापको संयुक्त स्वरुप हो । यी सवै चरणवध्द श्रृंखलाहरुको विवेकपूर्ण, दिगो र परिणाममूलक व्यवस्थापन कौशलतापूर्ण रणनीतिक व्यवस्थापन नै संगठनको सफलताको कारक तत्व हो। कुशलतापूर्ण मानव संशाधनको व्यवस्थापनले सकारात्मक सांगठनिक मनोविज्ञान निर्माण गर्न सहयोग गर्दछ ।

जनशक्तिलाई रणनीतिक साधनको रुपमा लिई मानव संसाधन संग सम्बन्धित सवै कार्यहरुवीचमा समन्वयको अपरिहार्यता माग गर्नु मानव संसाधन व्यवस्थापनको अर्को महत्वपूर्ण पक्ष हो । सार्वजनिक प्रशासन र व्यवस्थापनको क्षेत्रमा नियमित प्रयोगमा आउने प्राप्ति देखि अवकाश सम्मका तह प्रचलनमा रहदै आएकोमा मानवश्रोत व्यवस्थापनले प्राप्ति पूर्व र अवकाश पश्चातको अवस्थालाई समेत समेट्नु पर्ने मान्यताको विकास भएको छ र यसै मान्यता अनुरुप मानवश्रोत व्यवस्थापनको व्यवहारिक प्रयोग हुदै आईरहेको छ ।मानव सभ्यता र समयको विकासक्रम संगै मानव संसाधन व्यवस्थापनको अवधारणामा पनि सामयिक परिवर्तनहरु भएका छन् र यो परिवर्तनले प्रारम्भका दिनमा मानवलाई साधनको रुपमा लिईएको र पछि क्रमशः मानवलाई पूंजीको रुपमा लिने चलन वढी मानवीय संवेदनात्मक पक्ष र उत्प्रेरणामा जोड दिने गरेको पाईन्छ ।मानवीय संवेदनात्मक पक्षको सकारात्मक सम्बन्धले मानव शक्तिलाई उत्प्रेरित वनाइ मानवपूंजीमा रुपान्तरण गर्नमा सहयोग गर्दछ । यसका लागि मौद्रिक तथा गैर मौद्रिक उपायहरु प्रयोगमा आउने गर्दछन् । यसको साथसाथै असल संगठनात्मक व्यवहारको प्रयोगले मानव शक्तिलाई उत्प्रेरित गर्नमा सहयोग गर्दछ ।संगठनमामानवीय संवेदनात्मक पक्षको सम्मान र उत्प्रेरित कार्य वातावरणको निर्माण सकारात्मक सांगठनिक मनोविज्ञानको अर्को महत्वपूर्ण पक्ष हो ।
सांगठनिक मनोविज्ञानको अर्को महत्वपूर्ण आयाम संगठनात्मक व्यवहार संग सम्बन्धित छ ।संगठनमा कार्यरत कर्मचारीहरूको व्यक्तिगत तथा समूहगत क्रियाकलाप नै र संगठनात्मक व्यवहार हो।संगठनमा काम गर्दा मानिसले कस्तो व्यवहार देखाउँछन् त्यस्ता व्यवहारहरू देखाउनका कारण त्यस्तो व्यवहारबाट संगठनमा कस्तो प्रभाव पर्दछ भन्ने विषय संगठनात्मक व्यवहारको अध्ययन हो।संगठनमा कार्यरत व्यक्ति, समूह तथा संरचनाले देखाउने संयुक्त व्यवहार नै संगठनात्मक व्यवहार हो ।संगठनमा कार्यरत मानिसमा अन्तरनिहित भावना,संगठनमा प्रवेश गर्दा लिएर आएको दृष्टिकोण विश्वास र व्यवहार संगठनको कार्यसंस्कृति र कार्यव्यवहार ले व्यक्तिको चालचलन व्यवहारमा पर्ने प्रभाव संगठनात्मक व्यवहारका पक्षहरू हुन्।संगठनात्मक व्यवहारको अध्ययनले यी सवै विषयहरूको प्रभावको अध्ययन गरि असल संगठनात्मक संस्कृतिको विकासमा सहयोग पुर्याउंदछ। संगठनात्मक व्यवहारले संगठनमा काम गर्ने व्यक्ति, समूह र संरचनाले कस्तो व्यवहार देखाएको छ र यस्तो व्यवहारको असर कस्तो छ भनेर हेर्छ ।व्यक्ति वा समूहको विभिन्न पक्षको अध्ययन गरी कस्ताकाम वा क्रियाकलापबाट व्यक्ति संगठनप्रति उत्प्रेरित हुन्छ भन्ने विषयमा ध्यान दिने गर्दछ ।

बिज्ञापन

यी सवै सन्दर्भमा संगठन एउटा असल शिक्षालय पनि हो । विभिन्न संगठन वा एउटै संगठनका विभिन्न निकायहरुमा कार्यरत रहदा क्षेत्रगत र विधागत ज्ञान र सीपले युक्त बन्न सकिन्छ ।संगठनका सवल र कमजोर पक्ष र तिनमा सुधारका पक्षहरु पहिचान र आंकलन गर्न सकिन्छ। यसै आधारमा सुधारका कार्यहरु अगाडी बढाउन सकिने हुन्छ । सुधार सधै सहज र सहज हुदैन सुधारले सेवाग्राहीको आयाममा धेरै सहजता ल्याउने गर्दछ ।तर हरेक संगठनमा सुधारका प्रतिरोधक शक्ति रहेका हुन्छन् ती शक्तिहरु शक्तिवान नै हुन्छन् यी शक्तिहरु सुधारका पात्रहरुको पक्षमा भे हुदैनन्। यस अवस्थामा सुधारकहरुमा असहज अवस्था आएन पनि सक्दछ। सांगठनिक मनोविज्ञान अन्तरगत स्व व्यवस्थापन र आन्तरिक संवेदनाको व्यवस्थापन पनि पर्ने गर्दछ । सहज वा असहज परिवेशमा आन्तरिक संवेदनाको व्यवस्थापन गर्ने व्यक्तिहरुले असहज वा कृतिम रुपमा सिर्जित असहज वातावरणमा पनि आन्तरिक मनोविज्ञानलाई कमजोर हुन दिदैनन् ।अहिले सूचना सञ्चारको व्यापकता छ । सञ्चार माध्यममा आएका कुरालाई आम जनताले सत्य ठान्नु स्वभाविकै हो । तर यस्ता सामग्री प्रस्तुतकर्ताले विषयको गहिराइमा नपुगी आधिकारिकता विना स्वविश्लेषण गरिदिने परिपाटीले एकातर्फ गलत सुचनाको प्रवाह भै सूचना प्रापकहरुमा गलत सन्देश प्रवाह हुन जान्छ भने अर्को तर्फ जसको वारेमा सूचना प्रवाह भएको हो उसको आन्तरिक मनोविज्ञानमा खलवलि आउन सक्दछ । कुनै साइनो नै नभएको र सूचना संग सम्बन्धित निकायमा पदस्थापना नै नपाएको व्यक्तिलाई अनुमान वा सूचनाको पुष्टि नगरिकन गरिने प्रस्तुति र सो प्रस्तुतिमा आम पाठकले बनाउने धारणा पश्चात प्रस्तुतीको यथार्थ खण्डन वा प्रतिरोधले स्थान नपाउने समस्या पनि रहेका छन् ।अहिले सांगठनिक मनोविज्ञान व्यवस्थापनमा यस्ता समस्याहरु पनि उव्जिने गरेका छन् । यी सवै विषयहरु सांगठनिक र स्व मनोविज्ञान व्यवस्थापन संग सम्बन्धित पक्षहरु हुन् । यस्ता असहज वा कृतिम अवस्थाहरु पनि संगठनमा आउने गर्दछन् । यसको लागि पनि सकारात्मक सोच र असहजतामा पनि सहज विचार र कायशैलीको अवलम्बनको आवश्यकता पर्दछ । किनकी संगठन एउटा असल शिक्षालय पनि हो यसले सहज वातावरणमा रमाउन र कृतिम असहज वातावरणमा स्व सन्तुलन नगुमाउने शक्ति प्रदान गरेको हुन्छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।