मालपोतको १ करोड १९ लाख राजश्व आफ्नै गोजीमा हाल्ने लेखा अधिकृतविरुद्ध मुद्दा दर्ता

राजस्व रकम हिनामिना गरेको आरोपमा मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित तीन जनाविरुद्ध साढे चार करोड रुपैयाँ बिगो मागदाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

बिज्ञापन

विशेष अदालतको गत साउन १४ गतेको फैसलाले दर्जीलाई उक्त अभियोगमा दोषी ठहर गर्दै सात वर्ष कैद र एक करोड १७ लाख २४ हजार ५३८ रुपैयाँ जरिवाना तोकिदियो । अन्य दुईले भने सफाइ पाएका थिए ।उनले राज्यमा दाखिला गर्नुपर्ने १ करोड १७ लाख राजश्व हिनामिना गरी आफ्नै गोजीमा हालेका थिए ।

बिज्ञापन

राजश्वबापत उठेको पैसा दाखिल नगरी नक्कली भौचर पेश गरी हिनामिना गरेका थिए । ०७४–७५ मा मालपोत कार्यालय भरतपुरमा लेखा अधिकृत हुँदा ५९ वर्षीय परियारले राजस्व उठेको पैसा नक्कली बैंक भौचर रेकर्डमा राखेर हिनामिना गरेको आरोप छ ।

घरमा पनि उनको सम्बन्ध राम्रो नरहेको बुझिएको छ । छोराले नै रिठ्ठेविरुद्ध अंश मुद्दा हालेका छन् । दर्जी र उनको परिवारका सदस्यका नाममा रहेको सम्पत्ति रोक्का गरिसकिएको कार्यालयले जनाएको छ । दर्जीको नाममा रहेको भरतपुर १० ‘ग’ को कित्ता नं ६२९ को १६ धुर जग्गा मालपोत ऐन २४ को दफा ७ बमोजिम रोक्का गरिएको उनले बताए । उनले साझेदारी गरेर सञ्चालन गरेको भरतपुर १० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्सको समेत सम्पूर्ण बैंक खाता रोक्का गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

महिला आयोगको अध्यक्षमाथि अनियमितताको आरोप,बन्यो संसदीय छानबिन उप समिति

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

रसुवा विपद् र जलवायु–सहिष्णु विकासको आवश्यकता

बाढी विस्थापित साढे सात हजारलाई अस्थायी आवासको प्रवन्ध गर्ने जिम्मेवारी सहसचिव जोशीको काँधमा

बाढीका कारण ५३ सरकारी संरचना ध्वस्त,१६० कर्मचारी वेपत्ता,तीन मृत

स्टन्टको आरोपपछि गृहमन्त्रीको प्रष्टीकरण : ‘पुराना नेता जस्तो मन्त्रालयको कुर्सीमा मात्रै बस्ने म परिनँ’

मुस्ताङ भन्सारमा विवादित कर्मचारीको ‘टिम’, कर्मचारीको ‘सेटिङ’ले अर्थमन्त्री बदनाम

बिशेष