एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर घटायो

एनआईसी एशिया बैंकले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको छ । जुन चैत महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ९.३३ प्रतिशतले कम हो । बैंकले चैत महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।

बिज्ञापन

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७ प्रतिशत,३ महिनादेखि १२ महिनाका लागि ७.१० प्रतिशत,१२ महिनाका लागि ७.७५० प्रतिशत,१२ देखि १८ महिनासम्मका लागि पनि ७.७५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि पनि ७.७५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

बिज्ञापन

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । चैत महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ७.५४८ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले वैशाख महिनाका लागि भने अधिकतम ६.७०० प्रतिशत प्रदान गर्ने भएको छ ।

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ६.३५० प्रतिशत र १२  महिना वा १२ महिनादेखि १८० महिनासम्मका लागि ६.७०० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

बिशेष