‘पदस्थापनमा अन्याय भयो’ भन्दै उपसचिव मन्त्रालयमै डाको छोडेर रोएपछि…

शिक्षा मन्त्रालयले अघिल्लो महिना बढुवा भएका ११ जना उपसचिवहरुको पदस्थापन गरेको छ । यसरी पदस्थापन गरिँदा आफूमाथि घोर अन्याय भएको भन्द एक उपसचिव मन्त्रालयमै डाको छोडेर रोएका छन् ।
बढुवा पछि काठमाडौंका कुनै कार्यालयमा पदस्थापन खोजेका ती उपसचिवलाई मन्त्रालयले मधेश प्रदेशमा खटन पटन गरेको भन्दै असन्तृष्टिमात्र जनाएका होइनन कि डाको छाडेर रोएपछि बुधबार शिक्षा मन्त्रालयमा ती उपसचिवलाई हेर्ने कर्मचारीको भीड नै लागेको थियो ।

बिज्ञापन

मन्त्रालयले गरेको उपसचिवको पदस्थापनको सूची अनुसार, शिक्षक किताब खानामा तारा पाण्डे तिवारी र प्रकाश अर्याल,एनओसीमा नृप ध्वज मगर, इआरओमा युवराज अधिकारीलाई खटाइएको छ । गत बुधबार भएको पदस्थापनमा शिक्षा विकास तथा समन्वय इकाई इलाममा तारानाथ निरौला, डोटीमा भीमप्रसाद पनेरु, बर्दियामा सूर्यबहादुर खत्रीलाई पदस्थापन गरिएको छ । यस्तै बारामा हेमराज खतिवडा, पर्सामा मोतीप्रसाद भट्टराई, महोत्तरीमा सुवर्णकुमार खड्का, सर्लाहीमा तारापति खरेललाई खटाइएको छ ।

बिज्ञापन

११ उपसचिवको पदस्थापन गरिँदा ४ उपसचिवलाई मधेश प्रदेशमा खटाइएको छ । यसरी खटाइएकामध्ये केही उपसचिवहरुले पत्र बुझिसकेको छन् । उनले पदस्थापनको पत्र बुझेका छैनन्,बरु आफूमाथि अन्याय भएको भन्दै उपत्यकाभित्रैको कार्यालयमा पदस्थापन गरिदिन प्रशासन महाशाखा प्रमुख कालीप्रसाद पराजुली, योजना तथा अनुगमन महाशाखा प्रमुख इमनारायण श्रेष्ठहरुलाई आग्रह गरे । आफू अन्यायमा परेको दुखेसो पोखे उनले । जागिर अवधि सकिन लागेको,यस अघि अधिकृत हुँदा लामो समय पालिकामा बसेर आएको,बढुवाको सूचीको पहिलो नम्बरमा भएको भए पनि आफूलाई मधेश प्रदेशमा खटाइएको प्रति असन्तृष्टि जनाए ।यस अघि मन्त्रालयले उनलाई शिक्षा विकास तथा समन्वय इकाई इलाममा खटाउन खोजेको थियो । इलाम टाढा हुने बताएपछि मन्त्रालयले उनलाई मधेश प्रदेशमा खटाएको थियो ।

तर लामो समय पालिकामा बसेर सेवा गरेको,उपसचिवमा बढुवा भए पनि अवकाशको मुखमा रहेका कारण आफूलाई काठमाडौंभित्रको कार्यालयमा पदस्थापन गरिदिन आँसु लुकाएर रुन्चे स्वरमा हाकिमहरुसँग आग्रह गरिरहेका थिए तर केही सुनुवाई नभएपछि उनी फोनबाटै आफ्नो पीडा कसैसँग पोखिरहेका थिए । त्यही क्रममा आफूलाई उपत्यका बाहिर सरुवा गरिदिएको भन्दै डाको छोडेर रोएपछि मन्त्रालयका कर्मचारीहरु उनलाई हेर्न पुगेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।