मानव वेचबिखन व्युरो छेउबाटै यसरी पक्राउ परे नौकुण्डका अध्यक्ष

सात बर्ष अघि ०७३ सालमा नुवाकोटकी २२ वर्षीया एक युवती रोजगारीका लागि विदेश जाने सोचमा थिइन । काठमाडौंकै रात्रीकालीन व्यवसायमा काम गर्दै आएकी योगिताको पढाइ सामान्य लेखपढ मात्रै भएको उनको भेट रसुवाका नुर्बु स्याङबोसँग हुन पुग्यो । योगिताले नेपालमा बसेर केही नहुने भन्दै विदेश जाने सोच बनाएको कुरा नुर्बुलाई सुनाइन् ।

बिज्ञापन

त्यसबेला उनलाई नुर्बु विदेश पठाउने एजेन्ट हुन् भन्ने थाहा थिएन । योगिताको कुरा सुनेका नुर्बुले कुवेत जाने भए आफैँ पठाई दिने प्रस्ताव गरे । मासिक २८ हजार कमाई हुने भन्दै ती महिलालाई नुर्वुले कतार पठाउने भन्दै श्रीलंका पठाएर बन्धक बनाएको आरोप लगाइएको छ । कोलम्बो पुर्‍याएपछि श्रीलंकन मुलका एजेन्टले राहदानी लगायतका कागजात नियन्त्रण लिएर ती महिलालाई बन्धक बनाइयो । राम्रोसँग खान बस्न समेत नदिई कुटपिट गर्दै यातना दिएको अवस्थामा नेपाल प्रहरी र विभिन्न संघ–संस्थाको सहयोगमा ती महिला केही नेपाल फर्किएकी उनले त्यही समयमा महानगरीय प्रहरी परिसर (हाल जिल्ला प्रहरी परिसर) काठमाडौंमा जाहेरी दिएकी थिइन् । त्यतिबेला व्युरो बनेकै थिएन ।

बिज्ञापन

०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । उनै नुर्बु रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्षमा निर्वाचित भए । ८० को निर्वाचनमा एमालेको पूर्व उपाध्यक्ष सिर्जना लामालाई हराएर उनी निर्वाचित भए । सात बर्षसम्म काँग्रेस केन्द्रमा काँग्रेस सत्तामा उता जिल्लामा काँग्रेसका शीर्षस्थ नेताहरुका दाहिने हात,त्यसैमाथि पालिकाको अध्यक्षको जिम्मेवारीमा रहेका उनी पक्राउ परेका थिएनन् ।  तर, जब काँग्रेस सत्ता विमुख भएको अवस्था थियो त्यही समयमा उनी पक्राउ परे । तर,यद्यपि प्रहरी अधिकारीहरु भने अपराधी जो कोही भए पनि सत्ता नजिक हुँदैमा नछोडिने टिप्पणी गर्दछन् ।

ब्यूरोको टोलीले पूराना उजुरीहरु खोतल्ने क्रममा नौकुण्ड गाउँपालिकाका अध्यक्ष समेत रहेका नुर्बुविरुद्ध मानव वेचविखन आरोपको उजुरी भेटिएपछि उनी उपर निगरानी बढाइएको बताउँछन् । उनीउपर निगरानी बढाइरहेको समयमा नुर्बु बुधबार व्युरोको कार्यलय बबरमहल आसपासमै रहेको देखिएपछि त्यहीबाट उनलाई  टोलीले पक्राउ गरेको जनाएको छ । नुर्वुविरुद्ध जाहेरी परेको भेटिएपछि केही दिन अघिमात्रै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएर प्रहरीले उनलाई पक्राउ गरेर उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं बबरमहलबाट घलेलाई बुधबार पक्राउ गरी ब्यूरोले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान समेत अघि बढाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

सामाजिक सञ्जालमा विषाक्त वाक् संस्कृतिको उदय

बिशेष