मेयर थापाविरुद्ध ५ करोड ३३ लाख अकुत आर्जनको मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिका प्रमुख (मेयर) भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मेयर भएको अवधिमा पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जनगरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

बिज्ञापन

थापा प्रमुखको रूपमा कार्यरत रहेको अवधिमा सात करोड ४६ लाख ५० हजार २०१ रुपैयाँ आम्दानी देखिएकोमा १३ करोड २० लाख तीन हजार ३९१ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ ।​

बिज्ञापन

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ बिगो कायमगरी कैद तथा जरिवानाको सजाय साथै सम्पत्ति जफत तथा असुल उपर हुन मागदाबी गरिएको अख्तियारले जनाएको छ । उनीसँगै उनकी श्रीमती रेश्मीकुमारी घिमिरे थापा, भाइ रामकुमार थापा र भाइ बुहारी द्वारीका राउतविरुद्ध पनि मुद्दा दायर गरेको छ । सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्रै उनीहरूविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारको भनाइ छ ।

बागमती नगरपालिकाका मेयर भरत थापा विवादै विवादले घेरिएका छन्। उनी सुधारिएको चुलोदेखि सडक पिचको ठेक्कासम्ममा जोडिँदै आएका छन्। ढाटका कर्मचारी हुँदै क्रसर अनि निर्माण सम्बन्धी ठेक्कामा प्रवेश गरेका उनी पछिल्लो समय बागमती माछा पोखरीलाई भरत ताल बनाएर विवादमा आएका छन्।राष्ट्रिय जनमोर्चा हुँदै माओवादीमा पुगेका उनीविरुद्ध अख्तियारले विशेषमा मुद्धा चलाएको हो ।
यता उनै भरतलाई महान नेता बनाएर चलचित्र मेयर बन्दैछ । निर्देशक दिपेन्द्र के खनालले यो चलचित्र बनाइरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका सदावहार पिए अख्तियारको ‘राडार’मा,खोसियो सिडियोको जिम्मेवारी

इञ्जिनियर यादव भ्रष्टाचारी ठहर,दुई बर्ष जेल सजाय

सिआइबीद्धारा सिंहदरबारभित्रका कर्मचारी प्रक्राउ,अनुसन्धान गर्न पाँच दिन म्याद थप

यी हुन संसद सेवा सर्वोत्कृष्ट र उत्कृष्ट पुरस्कार पाउनेहरु

निर्वाचनको मुखमा सूर्य चिन्हसँग टाढिएका चार नेता

काँग्रेसका निवर्तमान सांसदविरुद्ध गैरकानुनी आर्जनको मुद्धा,साढे तीन करोड बिगो

सिन्हाले सम्हाले पर्यटन मन्त्रालय

महान्यायाधिवक्ता भण्डारी निलम्बित, वेबसाइटबाटै हटाइयो नाम

बिशेष