सार्वजनिक पदका व्यक्तिको सम्पत्ति छानबिनसम्बन्धी जरुरी महत्त्वको प्रस्ताव दर्ता

नेपाली कांग्रेसका सांसदहरूले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन गर्नुपर्ने जनाएका छन् ।

बिज्ञापन

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्दै उनीहरूले ०५८ फागुनमा गठन भएको सम्पत्ति जाँचबुझसम्बन्धी न्यायिक आयोगको प्रतिवेदन सार्वजनिक गरेर कार्यान्वयन गर्ने विषयमा छलफलको आवश्यकता रहेको औँल्याएका छन् ।

बिज्ञापन

सांसद धनराज गुरूङ प्रस्तावक र बद्री पाण्डे तथा जीवन परियार समर्थक रहेर गत चैत २३ मा उनीहरूले जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन्।

‘सार्वजनिक पदाधिकारीहरुको सम्पत्ति विवरण माग गर्ने र जाँचबुझ गरी प्रतिवेदन दिनको लागि उच्चस्तरLय न्यायिक आयोग गठन गर्ने हाम्रो अभ्यास पनि देखिन्छ। २०४७ सालदेखि विभिन्न पदमा बहाल रहेका र अवकाश प्राप्त पदाधिकारीहरुको सम्पत्ति जाँचबुझ गरी राय सहितको प्रतिवेदन पेस गर्न २०५८ फागुन २४ गते न्यायिक जाँचबुझ आयोग गठन गरिएको थियो। सो आयोगले जाँचबुझ गरी पेस गरेको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वन गर्नु आवश्यक छ,’ प्रस्तावमा भनिएको छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

सामाजिक सञ्जालमा विषाक्त वाक् संस्कृतिको उदय

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिशेष