अख्तियारमा स्थानीय तहसम्बन्धी ६५ प्रतिशत उजुरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयमा चालु आर्थिक बर्षमै ९ सय ७६ थान उजुरी परेका छन् । सो कार्यालयमा सबैभन्दा धेरै स्थानीय तहसँग सम्बन्धित उजुरीहरु परेको कार्यालयले जनाएको छ ।

बिज्ञापन

त्यहाँ यो अवधिमा परेका उजुरीको विश्लेषण गर्दा ६४ दशमलव ८५ प्रतिशत अर्थात ६ सय ३३ थान स्थानीय तहसँग सम्बन्धित रहेको जनाइएको छ । गत वर्ष हेटौंडामा दर्ता भएका उजुरीमध्ये स्थानीय तहसँग सम्बनिधत ५३ दशमलब ११ प्रतिशत थिए। चालु आर्थिक वर्षको माघ महिनासम्ममा ६५ प्रतिशत भन्दाबढी स्थानीय तहसँग सम्बन्धित रहेका छन् ।

बिज्ञापन

हेटौंडा अख्तियारको कार्यक्षेत्र १२ जिल्ला पर्दछन् । जसमा सबैभन्दा बढी पर्सा जिल्लाका २८७ परेका छन् भने दोस्रोमा बाराका २५०, रौतहटका १८६, मकवानपुरका १३९, चितवनका १११ र दोलखाका २ वटा उजुरी परेका छन् । हालसम्म सिन्धुपाल्चोक, धादिङ, रसुवा र नुवाकोट जिल्लाको उजुरी शून्य रहेको कार्यालयले जनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘ठूलो क्रान्तिकारी कदम नचाली कर्मचारीतन्त्र सुध्रदैन’

मलाई सफल पार्न आर्दश श्रेष्ठको ठूलो हात छ :प्रधानमन्त्री कार्की

सरकार बनेपछि कर्मचारी ट्रेड युनियन खारेज गरिने : हरि ढकाल

अख्तियारमा स्थानीय तहसम्बन्धी ६५ प्रतिशत उजुरी

समानुपातिक प्रणालीको हुर्मत : नेताको श्रीमतीदेखि सभापतिको ससुरासम्म

मन्त्रिपरिषद्को बैठक बस्दै,के के छन एजेण्डा ?

निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

२० अर्बको काँकडभिट्टा–लौकहीमा ‘शक्तिशाली’ सिडिइ कल्पना अधिकारी पठाउने तयारी, ठेकेदारको पाण्डेको लबिङ

बिशेष