धितोपत्र बोर्डको अध्यक्षका लागि पाँचजना अन्तिम छनोटमा

नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका लागि आवेदन दिएकामध्येबाट ५ जनाको नाम सर्टलिस्टमा छानिएको छ । अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले प्रस्तुतीकरण, योग्यता र अनुभवका आधारमा १९ आवेदकमध्येबाट ५ जनाको नाम अध्यक्षका लागि सर्टलिस्ट गरेको हो ।

बिज्ञापन

समितिले चिरञ्जिवी चापागाईं, कृष्णबहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी र सन्तोषनारायण श्रेष्ठको नाम फाइनल गरेको हो । जसमध्ये चापागाईं बिमा समिति (हाल बिमा प्राधिकरण)का पूर्वअध्यक्ष, कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।

बिज्ञापन

समितिले अब अन्तिम प्रस्तुतीकरणका आधारमा पाँचमध्ये ३ जनाको नाम बोर्डको अध्यक्ष नियुक्तिका लागि मन्त्रीपरिषदमा पठाउनेछ । ती ३ नामबाट एकजनालाई मन्त्रीपरिषद बैठकले अध्यक्ष पदमा नियुक्ति गर्नेछ । अध्यक्षबाट रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्षका लागि आवेदन माग गरेको हो । त्यसको अन्तिम म्याद ३० फागुन थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुख्य सचिवको निर्देशन बेवास्ता: रेग्मी–खड्काको सरुवा बजार खुला, कर्मचारीहरू दबाबमा

अर्थसचिव देखि अर्थ मन्त्री सम्म यस्तो छ रामेश्वरको लोभलाग्दो विगत

४ सय ४१ साना गाडी, ६०१ मोटरसाइकल जलेर नष्ट, अरबौंको क्षति

डण्डुराज घिमिरे सचिवमा बढुवा

चाडपर्व लक्षित १५३ सहुलियत पसल सञ्चालन, आपूर्ति सहज बनाउन मन्त्रालयको प्रतिवद्धता

नागरिक सरकार र कर्मचारीतन्त्रको भविष्य

कर्मचारीलाई मन्त्री खनालले भने- ‘व्यक्तिगत काम लिएर साँझ बिहान मेरो घर नआउनू’

काठमाडौं सडक डिभिजन : भण्डारीको नेतृत्वमा मर्मतदेखि आधुनिक आयोजनासम्म

बिशेष