धितोपत्र बोर्डको अध्यक्षका लागि पाँचजना अन्तिम छनोटमा

नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका लागि आवेदन दिएकामध्येबाट ५ जनाको नाम सर्टलिस्टमा छानिएको छ । अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले प्रस्तुतीकरण, योग्यता र अनुभवका आधारमा १९ आवेदकमध्येबाट ५ जनाको नाम अध्यक्षका लागि सर्टलिस्ट गरेको हो ।

बिज्ञापन

समितिले चिरञ्जिवी चापागाईं, कृष्णबहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ, डा. नवराज अधिकारी र सन्तोषनारायण श्रेष्ठको नाम फाइनल गरेको हो । जसमध्ये चापागाईं बिमा समिति (हाल बिमा प्राधिकरण)का पूर्वअध्यक्ष, कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।

बिज्ञापन

समितिले अब अन्तिम प्रस्तुतीकरणका आधारमा पाँचमध्ये ३ जनाको नाम बोर्डको अध्यक्ष नियुक्तिका लागि मन्त्रीपरिषदमा पठाउनेछ । ती ३ नामबाट एकजनालाई मन्त्रीपरिषद बैठकले अध्यक्ष पदमा नियुक्ति गर्नेछ । अध्यक्षबाट रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्षका लागि आवेदन माग गरेको हो । त्यसको अन्तिम म्याद ३० फागुन थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष