नक्कली सर्टिफिकेटमा बढुवा, अख्तियारले चलायो मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय, सुनसरीस्थित सञ्चार शाखामा कार्यरत तत्कालीन प्रहरी सहायक निरीक्षक मुक्तनारायण श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

बिज्ञापन

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी पदोन्नति लिएको आरोपमा सुनसरी जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखामा कार्यरत असई श्रेष्ठमाथि मंगलबार अख्तियारले भ्रष्टाचार मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार,श्रेष्ठले नेपाल प्रहरी सेवाको प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति हुँदा केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली, भारतबाट जारी भएको देखिने प्रमाणपत्र नक्कली रहेको पाइएको हो ।

बिज्ञापन

उनले असई पदमा पदोन्नति भई हालसम्म सरकारबाट निवृत्तभरणसहितको हैसियत, लाभ, सुविधा लिई भ्रष्टाचारजन्य कसुर गरेकोले उनलाई सजायको माग गर्दै आरोपपत्र दायर गरिएको प्रवक्ता न्यौपाने जानकारी दिए ।

आरोपपत्रमा भनिएको छ,शैक्षिक योग्यताको झुट्टा तथा नक्कली प्रमाणपत्रहरू पेस गरी राष्ट्रसेवकको ओहदा (प्रहरी सहायक निरीक्षक पदमा पदोन्नति भई) प्राप्त गरी हालसम्म नेपाल सरकारबाट निवृत्तभरण सहितको हैसियत, लाभ, सुविधा लिई भ्रष्टाचारजन्य कसुर गरेकोले निजलाई भ्रष्टाचार निवरण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा मुद्धा दायर गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

११० कानुन संशोधन,एकै पटक १५३४ पदाधिकारी पदमुक्त

विधेयकमा आफ्नो माग नसमेटिए आन्दोलनमा उत्रने स्थानीय तहका कर्मचारीको चेतावनी

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

बिशेष