मर्यादा विपरितका शिक्षकलाई चुनावी जिम्मेवारी,तीन वटै संगठनको आपत्ति

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले निर्वाचनमा खटन पटन गर्दा कर्मचारीमाथि अन्याय र अत्याचार गरेको आरोप लागेको छ । पदीय मर्यादालाई बेवास्ता गर्दै शिक्षकलाई निर्वाचन कर्मचारीका रूपमा खटाइएको प्रति जिल्लाका शिक्षकसँग सम्बद्ध संघ संस्थाका पदाधिकारीहरुले विज्ञप्ति नै निकालेर आपत्ति जनाएका छन् ।

बिज्ञापन

२०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको क्रममा शिक्षक कर्मचारीको मतदान केन्द्रमा खटाउने व्यवस्थामा देखिएको अन्याय र शिक्षकहरूको संलग्नतामा कन्जुस्याई गरिएको तथा खटाइएको ठाउँमा समेत तह र श्रेणीलाई विचारै नगरी प्रकाशन गरेको नामावलीमा प्रति जिल्लामा क्रियाशिल तीन वटै शिक्षक संघ संगठनले गम्भीर ध्यानाकर्षण जनाएका हुन ।

बिज्ञापन

अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष सन्तोष श्रेष्ठ,नेपाल शिक्षक संघका गीताकृष्ण शर्मा र नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष किशोर दाहालले संयुक्त रुपमा विज्ञप्ति नै जारी गरि,शिक्षकलाई निर्वाचनमा खटाउँदा निजले अध्यापन गरिरहेको तह र श्रेणीलाई दृष्टिगत गरी सोही अनुसार उपयुक्त जिम्मेवारी दिन नेपाल शिक्षक महासङ्घ केन्द्रिय समितिले बारम्बार आग्रह गरिरहेको र जिल्लाका संघ संगठनले बारम्बार आग्रह तथा ध्यानाकर्षण गराउँदा समेत त्यसलाई वेवस्था गरी खटन पटन गरिएको र शिक्षकमाथि विभेद गरिएको भन्दै आपत्ति जनाएका हुन ।
हाम्रा अनुभवी, दक्ष र योग्य शिक्षकहरुलाई मानमर्दन हुने गरी विभेदपूर्ण तरिकाले खटाइने निर्णय अस्वीकार्य रहेको र हामी मुख्य निर्वाचन कार्यालय समक्ष यस विषयमा गम्भीर हुन र शिक्षकहरुको तह र श्रेणीलाई मिलाइ वरिष्ठताका आधारमा मात्र शिक्षकहरुलाई निर्वाचनमा परिचालन गर्न उनीहरुले माग गरेका छन् ।

कतिपय मतदान केन्द्रमा वरिष्ठतम् शिक्षकलाई कनिष्ठ मानी अपमानपूर्ण व्यवहार गरि नियुक्त गरिएकाले यसलाई अविलम्ब सच्याउन मुख्य निर्वाचन कार्यालयको गम्भीर ध्यानाकर्षण गरिएको उल्लेख गर्दै अन्यथा दोलखाली शिक्षकहरु अपमानजनक ढंगले लादिएको जिम्मेवारी स्वीकार गर्न बाध्य नहुने संयुक्त विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

बिज्ञापन

सो जिल्लाको मुख्य निर्वाचन अधिकृतको रुपमा रामप्रसाद न्यौपाने छन् । उनले कर्मचारीहरुलाई मतदान अधिकृतका रुपमा खटाउँदा काँग्रेस निकट कर्मचारी च्यापेको र अरुलाई पेलानमा पारेका दोलखाका कतिपय कर्मचारीहरुले गुनासो पोखेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष