रंगेहात समालिए विचौलिया,भ्रष्टाचारमा मुछिए अधिकृत

पछिल्लो समय अख्तियार यातायात कार्यालयप्रति आक्रामक बनेको छ । चाबहिल यातायात,चितवन हुँदै हेटौंडा यातायातका एक कर्मचारी र विचौलिया रंगेहात अख्तियारको फन्दामा परेका छन् ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले यातायात व्यवस्था कार्यालय, हेटौंडामा कार्यरत छैटौं तहका अधिकृत अमृत भेटुवाल र एक बिचौलियालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।

बिज्ञापन

सवारी सरुवा सहमतिको काम गरिदिने नाममा सेवाग्राहीसँग घुस माग गरेको उजुरीपछि अख्तियारबाट खटिएको टोलीले बिचौलियाको भूमिका निर्वाह गर्ने लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई ११ हजार ५ सय रुपैयाँ लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

पौडेलको बयानका आधारमा घटनामा संलग्न रहेको पाइएपछि अख्तियारले छैटौँ तहका अधिकृत अमृत भेटुवाललाई पनि नियन्त्रणमा लिएको हो। दुवैलाई यातायात व्यवस्था कार्यालय, हेटौँडाको परिसरबाटै नियन्त्रणमा लिइएको हो। आयोगको टोलीले घटनास्थलबाट ३ थान मोबाइल सेटसमेत बरामद गरेको जनाएको छ।

बिज्ञापन

पक्राउ परेका भेटुवाल र पौडेललाई थप प्रमाण संकलन तथा अनुसन्धानका लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल काठमाडौंमा ल्याइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष