कोही कर्मचारीको हालत अक्सिजन लगाएको बिरामीजस्तो’, हाइप्रोफाइल अड्डामा बस्न नपाए छट्पटीमा परिहाल्ने । मन्त्री, मुख्यसचिवदेखि सचिवसम्म मिलाउने क्षमता भएका खेलाडी कर्मचारीलाई अवसरमाथि अवसरको खात, पावर र पहुँच नहुने निमुखाको चाहिँ पुर्पुरोमा हात ।
बिज्ञापन
क्रमबाट कम (क्रमभंग), विक्रमबाट बढी अवसर पाउने कर्मचारीको बोलबोला छ, निजामतीमा । वैदेशिक अध्ययन तथा भ्रमण तिनैलाई, सिंहदरबारको चौघेरा तोडेर अन्यत्र जानुनपर्ने, खटिए पनि ए ग्रेडका अड्डाबाट त्यस्तैमा जान पाउने भाग्यमानीसमेत उनै । खुमराज कोइरालाले जागिर अवधिभर अर्थ र योजना आयोग छाडेर कतै जानु परेन । बुटवलस्थित अर्थ मन्त्रालयको सचिव बनाई खटाइएकोमा दुई महिना पनि टिकेनन्, अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छन् । निजामतीभित्रै जिन्दगीभर बोइङ चढ्न नपाउने र वर्षको २० पटक यस्ता अवसर पाउनेहरू पनि छन् । हाल निलम्बनमा रहेका सचिव मधु मरासिनीले जागिरे जीवनको १३ वर्ष विदेशमै बिताए ।
बिज्ञापन
चिनीको चास्नीमा डुबेकी र आफ्नै सहकर्मीलाई पोलेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको डिजी चलाइरहेकी मतिना वैद्य पनि उही लाइनको कर्मचारीभित्र पर्दछिन् ।हालैमात्र राजश्व विभागबाट वनमा पुगेका र सचिव बढुवाका तालिम लिइरहेका भूपाल बरालले कहिल्यै नरम ठाउँमा बसेर काम गर्नु परेको छैन । उनीझैं कलकत्ताको महावाणिज्यदूत ईश्वर पौडेल, अर्थ र प्रधानमन्त्री कार्यालय घुमेरै जागिर खाइरहेका श्रीकृष्ण नेपाल, सदावबहार सिडियोको रुपमा गृहमा चिनिने उमेश ढकाल, आशमान तामाङहरू अवसरमाथि अवसरको खात लाग्ने कर्मचारीमा पर्छन् ।
एउटै कर्मचारीलाई अफिसर हुँदा २ वर्ष, उपसचिवमा दुई वर्ष र सहसचिवमा तीन वर्ष पढाउनु हुन्छ ? अहिले निजामती विद्येकयको सवालमा संसदमै प्रश्न समेत उठाइयो यही ढंगबाट । भूमि व्यवस्था तथा अभिलेख विभागको डिजी हुँदा सबै काममा विद्युतीकरण गरे गोकर्णमणि दुवाडीले । तर, जस लिए, शेषकान्त पौडेलले । उनी पिचएडी अध्ययनका लागि जापान पुगेका छन् । भुटानले दुई सय शाखा अधिकृतलाई क्याम्ब्रिजमा पढ्न पठाउँछ । नेपालका सहसचिव पनि वैदेशिक अध्ययनका नाममा उडेका उड्यै छन्, कोभिड कालमा समेत तिनको उडान रोकिएन । अर्कोतिर अहिले निजामती सेवामा २८ प्रतिशत महिला छन् । तिनलाई सिंहदरबारबाट बाहिर पठाउन खोजियो भने सासु, ससुरा, बालबच्चा देखाएर जान मान्दैनन् ।
बिज्ञापन
एक जना महिला कर्मचारीलाई धादिङको कुनै पालिकामा भर्खरै प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउन खोज्यो सामान्य प्रशासन मन्त्रालयले । केही समयमै छात्रवृत्तिमा सिंगापुरतिर एक वर्ष वैदेशिक अध्ययनको अवसरसमेत आयो । उनले सिंगापुर जानलाई ५ ठाउँबाट दबाब दिइन् । काठमाडौं छाडेर बाहिर जानुप¥यो भने सासू–ससुरा, बालबच्चा देखाउने अनि वैदेशिक अध्ययनमा जानचाहिँ अनेकन पावर लगाउने गरेको सामान्य प्रशासनका एक अधिकारीले बताए ।
यस्ता विकृति निजामतीभित्र कति छन् कति !