झण्डै स्वास्थ्यमन्त्री बनेकी डा मिश्राको भ्रष्टाचार मुद्धामा आज पनि सुनुवाइ

स्वास्थ्य सेवा विभागको तत्कालीन महानिर्देशक डा‍ संगिता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । जेनजी सरकारमा मन्त्री बन्न ठिक्क परेपछि डा संगीता कौशल मिश्र भ्रष्टाचार मुद्धा चलेकै कारण प्रधानमन्त्री सुशीला कार्की उनलाई मन्त्री बनाउनबाट रोकिएकी थिइन । १२औँ तहकी अतिरिक्त सचिव डा मिश्रलाइ सचिव नबनाइ गत २१ फागुनमा डा विकास देवकोटा सचिवमा बढुवा गरेपछि उनी असन्तुष्टि जनाउँदै झण्डै ६ महिनासम्म बिदामा बसेकी थिइन । त्यही समयमा जेनजी विद्रोह पछि उनी मन्त्री बन्ने चर्चामा थिइन । मन्त्री बन्न लागेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असहमति प्रकट मात्र गरेन मुद्दा नै जान लागेको फाइल प्रधानमन्त्री कार्यालयमा पठाइदिएसँग्रै उनको मन्त्री बन्ने यात्रामा पूर्णविराम लागेको थियो ।

बिज्ञापन

चिकित्सा सेवामा २०५७ सालमा सेवा प्रवेश गरेको र एक वर्ष काम गरेर जागिर छाडेकी थिइन् । त्यसपछि अध्ययन र निजी संस्थाहरूमा काम गरेकी डा संगीता २०७० सालमा ११औँ तहबाट फेरि स्वास्थ्य सेवामा प्रवेश गरेकी हुन् । कोरोना महामारीमा कोशी प्रादेशिक अस्पतालको नेतृत्व गरिसकेकी डा मिश्रले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशक र स्वास्थ्य विभागको महानिर्देशक बनिन् । संगीताले त्यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक, समन्वय महाशाखा, कोशी र स्त्री तथा प्रसूति रोग अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रूपमा काम गरिसकेकी छिन् । उनीमाथि थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ कात्तिक २ गते स्वास्थ्य सेवा विभागको मेमोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बिज्ञापन

त्यसक्रममा अख्तियारले १४ करोड ६ लाख ८५ हजार पाँच सय रुपैयाँ बिगो दाबी गरेको थियो । ठेकेदार कम्पनी म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रा लिका त्यसका सञ्चालक सुन्दर भुसालविरुद्ध पनि मुद्दा दायर भएको थियो । मिश्रमाथि १४ करोड ४३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो । प्रति थान २ करोड ५१ लाख रुपैयाँका दरले ५ वटा मेसिनका लागि १२ करोड ५५ लाखको प्रस्ताव थियो । तर भ्याट समेत जोडेर १४ करोड १८ लाखको लागत तयार पारिएको थियो । यही मुद्दाको थुनछेक बहसपछि  गत माघ सातमा विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्रासँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो।

सोही मुद्धामा विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात हजार निजामती कर्मचारी बिदामा,दुरुपयोगको आशंकापछि धमाधम शुद्धीकरण गर्दै किताबखाना

अर्थको सहमति विपरित सहरीले निकासा गर्यो पुर्ननिर्माण कोषको ११ करोड रकम

झण्डै स्वास्थ्यमन्त्री बनेकी डा मिश्राको भ्रष्टाचार मुद्धामा आज पनि सुनुवाइ

गृहमन्त्रीको ब्ल्याक लिस्टमा सुदन गुरुङ

कर्मचारीहरुलाई निर्देशन : सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थागत मर्यादा गर्नु

शाखा अधिकृतको परीक्षामा ८७ प्रतिशत परीक्षार्थी उपस्थित,१५ दिनभित्रै नतिजा प्रकाशन गरिने

यी हुन काठमाडौंमा खटाइएका निर्वाचन अनुगमन अधिकृत

गंगालालमै कुटपिट भएका चिकित्सक भन्छन्, ‘आक्रमण सहेरै पनि बिरामी आमाको ज्यान जोगाएँ’

बिशेष