एक वर्षमा सातवटा परीक्षा उत्तीर्ण

झापा दमककी मोबिना खातुन एक वर्षमा लोकसेवा आयोगको सातवटा परीक्ष पास गर्ने इस्लाम समुदायबाट पहिलो महिला हुन् ।

बिज्ञापन

लोक सेवा आयोगको परीक्षामा एक वर्षभित्रै ७ वटा परीक्षामा उत्तीर्ण गर्ने उनी हाल कृषि विकास बैङ्कमा कार्यरत छिन् । कृषि विकास बैंक राजविराजमा व्यवसाय अधिकृतको रुपमा कार्यरत मोबिनाले ०७८–७९ मा लोकसेवा आयोगमा सातवटा परीक्षा दिएकी थिइन् ।

बिज्ञापन

पहिलोपटक नेपाल बैंक लिमिटेडको सहायक पदमा परीक्षा पास गरेकी उनले लगातार बैंककै परीक्षा दिइरहिन् । उनले कनिष्ठ सहायक (नेपाल बैंक लिमिटेड), सहायक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड), वरिष्ठ सहायक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड), सहायक प्रबन्धक (राष्ट्रिय वाणिज्य बैंक लिमिटेड), व्यवसाय सहायक (कृषि बैंक लिमिटेड) मा नाम निकाल्न सफल भइन् ।

उच्च शिक्षा अध्ययन गरेको समयमा बुबाले बैङ्कमा व्याज तिर्न, पैसा जम्मा गर्न बैङ्क पठाउने गर्थे । उनले भनिन्, ‘बैङ्कभित्र प्रवेश गरेपछि सधैँ आनन्द लाग्थ्यो । यसैगरी बैङ्क क्षेत्रमै प्रवेश गर्न पाए कस्तो हुन्थ्यो होला भन्दै सधैँ कल्पना गर्थेँ ।’

बिज्ञापन

 

बैङ्कप्रति आकर्षित उनले क्याम्पस तहमा बिबिएस अध्ययन सुरु गरिन् । बैंकर्स बन्ने अठोट बोकेर बिबिएस अध्ययन सुरु गरेकी उनको त्यसै बीचमा विवाह भएर झापाको दमक आएको सुनाइन् ।पहिलो पटक नेपाल बैङ्क मोरङको विराट चोक शाखामा कार्यरत उनले जति नै खर्च गरेर अध्ययन गरे पनि इन्ट्रेसको विषय नभए सफल बन्न कठिन हुने बताइन् । ‘मैले लोकसेवाबाट खुल्ने सबै परीक्षाको लागि सधैँ तयारी गर्थेँ, परीक्षाका लागि आवेदकहरू भरिरहन्थेँ । अनलाइन कक्षाहरु लिने गर्थेँ । त्यसै अनुसारको सिलेवस खोजेर अध्ययन गर्थेँ’, विगत सम्झिँदै उनले थपिन्, ‘घरपरिवारको कामको सहजताका लागि बिहान ३ बजेदेखि पढ्ने रुटिन थियो । व्यापारिक परिवार भएकाले दायित्व पनि धेरै थियो । तर, समय आफै व्यवस्थापन गरेर पढ्ने वातावरण तयार गरेको थिएँ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

“निजामती सेवा सुधार र कर्मचारी समर्पण:- कटुवालका योजना र दृष्टिकोण”

मन्त्रीको कार्यकक्ष बनाउँदा ९० लाख स्वाहा !

बाणिज्य बिभागको अनुगमन जारी, २० उधोगको कारोबा

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

पूर्वडिजीको भक्तपुरस्थित विभिन्न १७ कित्ता जग्गा जफत

गृहमन्त्रीका भतिज विन्देश्वरको शक्तिः- रोजेकै ठाउँमा नियुक्ति

मुख्यसचिवका आफन्त तानिए,सचिवका भिनाजुलाई एयरपाेर्ट

प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचारको उजुरी

बिशेष