निर्वाचन कार्यालयको गाडी दुर्घटना,निर्वाचन अधिकृतसहित पाँच घाइते

डडेलधुराको अमरगढी नगरपालिका–११ धनघाटमा शनिबार साँझ जिल्ला निर्वाचन कार्यालय डोटीको गाडी दुर्घटनामा परेको छ ।

बिज्ञापन

जिल्ला निर्वाचन कार्यालय, डोटीको गाडी डडेल्धुराको अमरगढी नगरपालिका ११, रडुवा खोलास्थित नजिक दुर्घटना हुँदा निर्वाचन अधिकृतसहित पाँच जना घाइते भएका छन् । डडेल्धुराबाट दिपायलतर्फ जाँदै गरेको स्कारपियो अनियन्त्रित भएर सडक छेउमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

बा प्र ०१०० झ ६४९५ नम्बरको गाडी दुर्घटनामा पर्दा सो गाडीमा रहेका निर्वाचन अधिकृत ४२ वर्षीय करुणाकर पन्त, बर्दिया घर भइ सशस्त्र प्रहरी बल ३६ नं गण डोटीमा कार्यरत ४० वर्षीय सुमन चौधरी, तनहुँको भानु नगरपालिका घर भइ नेपाली सेनाको भैरवनाथ गण डोटीमा कार्यरत ३८ वर्षीय सूर्यबहादुर कोइराला, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ का ३० वर्षीय मिनबहादुर बोहरा र डोटीको दिपायल सिलगढी नगरपालिका–५ का ४५ वर्षीय तेजबहादुर अधिकारी घाइते भएका छन्।

पाँचै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

निजामती ट्रेड युनियनमाथि प्रतिवन्ध, कर्मचारीको एनजीओलाई मान्यता

मेलम्ची खानेपानीका दुईवटा गाडी स्थानीयको नियन्त्रणमा

ऐन,नियम भन्दा माथि निर्देशिका कहिलेदेखि श्रीमान ?

लगातार चार दिन सार्वजनिक बिदा

अपडेट डिजिटल प्रोफाइल निर्माणमा किताबखानाको रफ्तार तीव्र

बिशेष