गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

गृह मन्त्रालयले तीन महिने तालिमै नलिएका उपसचिवहरुलाई निर्वाचनको मुखमा प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी अर्धन्यायिक अधिकारप्राप्त अधिकारी हुने भएका कारण त्यस्तो संवेदनशील जिम्मेवारी बहन गर्नुपर्ने व्यक्तिका कानूनी ज्ञान वा तालिम लिएको हुनुपर्ने अनिवार्य व्यवस्था गरेको भए पनि गृह मन्त्रालयले आफैंले बनाएको प्रमुख जिल्ला अधिकारीहरुको पदस्थापना वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधिको धज्जी उडाउँदै
कानूनमा स्नातक नगरेको र तीन महिने आधारभूत तालिम समेत नलिएका सहसचिव-उपसचिवहरुलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको पाइएको हो ।

बिज्ञापन

यस अघि सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई समेत कुल्चदै गृहले डोल्पा र प्युठान लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी खटन पटन गरेको पाइएको हो ।प्रमुख जिल्ला अधिकारीले अर्धन्यायिक अधिकार प्रयोग गर्नुपर्ने भएकाले कानुनमा स्नातक वा न्याय सेवाको विषयमा जानकार हुनु पर्ने भन्दै गृह आफैंले तयार गरेको कार्यविधि अनुसार, कानुनमा स्नातक वा न्याय सेवाको विषयमा तीन महिना न्याय सेवा तालिम लिएको व्यक्तिमात्र प्रमुख जिल्ला अधिकारी बन्नका लागि योग्य हुने कार्यविधिमै उल्लेख गरिएको छ ।

बिज्ञापन

प्रमुख जिल्ला अधिकारीले प्रचलित कानुन, नीति, निर्देशन रेखदेखमा रही सरकारको प्रतिनिधिको रूपमा काम गर्दा कानुनको पर्याप्त जानकारी राख्नुपर्छ। त्यसकारण पनि प्रमुख जिल्ला अधिकारीलाई न्याय सेवा तालिम अनिवार्य गरिएको छ ।

बिज्ञापन

प्रमुख जिल्ला अधिकारीले आफ्नो क्षेत्रमा पर्ने सार्वजनिक अपराध, जिल्लाभित्रका जग्गा, कुलो, पानी, साँध सीमाना, शान्ति भंग हुन जाने जस्तो झगडा भएको वा हुन लागेको, आफ्नो क्षेत्रमा लुटपाट गर्ने तथा घर वा पसलमा आगो लगाउने, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने वा अन्य किसिमका हिंसात्मक वा विध्वंसात्मक कार्य गर्ने जो कोहीलाई पक्राउ गर्ने र कानुनी कारवाही गर्ने अधिकार पाएको हुन्छ। कतिपय प्रजिअलाई कानुनी कारवाहीको विषयमा राम्रोसँग जानकारी नहुँदा सेवाग्राहीले दुःख पाउने गरेका कारण पनि अर्धन्यायिक निकायका प्रमुख कानुनी रुपमा जानकार भएकै हुनुपर्ने प्रावधान राखिएको हो ।

तर,यसरी तालिम नलिइ प्रमुख सहसचिव शान्तिराज प्रसाईले गत पुस १६ गतेदेखि प्युठान जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका छन् भने उपसचिव जुनु हमाल ढकालले माघ १ गतेदेखि मुलुककै सबैभन्दा ठूलो जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेकी छिन् । तीन महिने तालिम विनै प्रमुख जिल्ला अधिकारी बन्न गएका यी सहसचिव,उपसचिवहरु अहिले धमाधम न्याय सेवाको तालिम लिइरहेका छन् । तालिममा रौतहटका सहायक सिडिओ जितेन्द्र कुमार यादव र कञ्चनपुरका सहायक सिडिओ मोहनचन्द्र जोशीका अलवा तीन दर्जन प्रशासकहरु सहभागी रहेको बताइएको छ ।

कार्यविधि विपरित हमाललाई डोल्पाको सिडियो : न कानुनमा स्नातक,न तीन महिने तालिम

पहिला सिडियो बन्न हतारो,अहिले तीन महिने तालिमको चटारो

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचन खर्चको अनुगमन :विधी र व्यवहार

उपत्यकाका १२ निर्वाचन क्षेत्रको कमाण्ड महिलाको काँधमा

बिशेष