बढुवा समितिको सचिवालयले ५८ जना शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ ।
हिजो बसेको सचिवालयको बैठकले नेपाल परराष्ट्र सेवा,नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह,नेपाल प्रशासन सेवा,राजश्व समूह र नेपाल प्रशासन सेवा राजश्व समूहका गरी ५८ शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो ।
जस अनुसार,नेपाल परराष्ट्र सेवाका २,नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका ३७,नेपाल प्रशासन सेवा,लेखा समूहका ४ र नेपाल प्रशासन सेवा,राजश्व समूहका १५ जना शाखा अधिकृतहरु रहेका छन् ।
बिज्ञापन
समितिको सचिवालयले यी अधिकृतहरुलाई कार्यक्षमता मूल्याकंनका आधारमा बढुवा सिफारिस गरेको हो ।



























