काठमाडौं महागरपालिका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।
बिज्ञापन
दिउँसो १ बजे नै पुग्ने भनिए पनि उनी राजीनामा लगायतका विषयमा दोधारमा परेपछि केहीबेर ढिलो भएको थियो । उनी आगामी निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार हुनेगरी झापा- ५ मा निर्वाचन लड्दै छन् ।
“नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२ माघ ४ गतेदेखि लागु हुनेगरी स्वेच्छाले राजीनामा पेश गरेको छु,” बालेनले बुझाएको राजीनामा पत्रमा लेखिएको छ ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वत कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।
बिज्ञापन
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वत उपमेयरले कार्यबाहक पाउने व्यवस्था ऐनमा छ ।
मेयरको रुपमा आफूले नगर र नगरवासीको हितमा काम गरेको उल्लेख गर्दै आगामी दिनमा सफल नेतृत्वका लागि उपमेयर डंगोललाई शुभकामना पनि दिएका छन्। वालेनले भनेका छन्, अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै तपाई तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।’


























