राष्ट्रिय तथ्यांक कार्यालयले माग्यो ४ हजार ४ सय जनशक्ति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको सरकारले राष्ट्रिय तथ्यांक कार्यालयले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

बिज्ञापन

कार्यालयले आर्थिक गणना, २०८२ का लागि ४ हजार ४ सय ३९ जनशक्ति माग गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन हुने आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि ५ सय २६ जना सुपरिवेक्षक र ३ हजार ९ सय १३ जना गणक माग गरेको हो।

बिज्ञापन

कार्यालयले प्रकाशन गरेको सूचना अनुसार,सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्ने प्रावधान राखिएको छ भने गणकका लागि १०ं प्लस २ वा प्रमाणपत्र तह उत्तीर्ण गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

यो रोजगारी साढे दुई महिनाको करार अवधिका लागि हुनेछ। सेवा सुविधाका हकमा सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक पाउने सूचनामा उल्लेख छ। योग्यता पुगेका व्यक्तिहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइन माध्यमबाट दरखास्त दिनुपर्नेछ।

बिज्ञापन

आवेदकहरूको छनोट सर्टलिस्ट र अन्तर्वार्ताका आधारमा गरिनेछ। इच्छुक व्यक्तिहरूले राष्ट्रिय तथ्याङ्क कार्यालयको आधिकारिक वेबसाइटमा गएर वा उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन्। म्याद नाघी वा रित नपुगी आएका दरखास्तमाथि कुनै कारबाही नहुने कार्यालयले स्पष्ट पारेको छ

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष