लगनखेल मालपोत प्रमुखमा बुढा,राईको काँधमा भक्तपुर मालपोत

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रिक्त रहेको भक्तपुर मालपोत र लगनखेल मालपोतका प्रमुखमा क्रमश भीमबहादुर बुढा र अर्जुन राईलाई खटाएको छ । मन्त्रालयले हालैमात्र ती कार्यालयका प्रमुखहरुलाई संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा तानेर त्यहाँ नयाँ कार्यालय प्रमुख खटाएको हो ।

बिज्ञापन

मालपोत कार्यालय ललितपुरको प्रमुखको जिम्मेवारी लिएर जान लागेका बुढा राष्ट्रिय सहकारी प्राधिकरणमा कार्यरत थिए भने अर्जुन राईलाई गत साता मात्र भूमि मन्त्रालयमा सरुवा भएर गएका हुन । राइले गृह मन्त्रालय मागेको भए पनि उनी भूमि मन्त्रालयमा पुगेर मालपोत भक्तपुरको प्रमुखको जिम्मेवारी दिएर खटाइएको हो ।

बिज्ञापन

भूमि व्यवस्था मन्त्री कुमार इङ्गनामले सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेल र कर्मचारी प्रशासन हेर्दै आएकी पार्वती शर्मालाई मन्त्रालयमै डाकेर मालपोत कार्यालय भक्तपुर र लगनखेल मालपोतका प्रमुखहरुको तत्काल सरुवा गरी दुर्गममा पठाउन निर्देशन दिएका थिए । यी मालपोत प्रमुखहरुविरुद्ध मन्त्री रुष्ट हुनुको कारण थियो,मन्त्री हुनुभन्दा केही अघिमात्र आफ्नो जग्गाको कामको सिलसिलामा भक्तपुर मालपोतमा पुग्दा पूर्व माननीय विरेन्द्र महत्तोलेझैं कर्मचारीलाई पाँच हजार घुस नखुवाइए कामै नभएको र ललितपुर मालपोतका प्रमुखले लेखनदासमार्फत मासिक २५ लाखसम्म असुलिरहेको बिषय मन्त्रीको कानसम्म पुगेपछि मन्त्रीले तत्काल ती दुई उपसचिवहरुलाई दुर्गममा सरुवा गर्न सामान्यका सचिव र सहसचिवलाई मन्त्रालयमै डाकेर निर्देशन दिएका थिए ।

मन्त्रीको निर्देशन लगतै गत पुस २० मा ती उपसचिवद्धयलाई सामान्यको बरण्डामा तानिएको थियो । यी दुबै उपसचिव सरुवा बदरको मुद्धा बोकेर प्रशासकीय अदालत पुगेका छन्,२४ पुसमा । यी दुई उपसचिवसँगै मिसिएर भक्तपुर मालपोतमा बसेर रजगज गरिरहेका डम्बर कार्कीले समेत त्यहाँ मुद्धा दर्ता गराएका छन् । उनलाई मालपोतबाट गृहमा पठाइएकोमा रमाना नलिइ बसिरहेका थिए । कार्कीलाई भूमिका चर्चित विचौलिया प्रमोद खड्काको दाहिने हातका रुपमा चिन्छन्,कर्मचारीहरु । यो मुद्धामा दुबै पक्षलाई बोलाएर यसमा १ माघमा प्रशासकीय अदालतले निर्णय गर्दैछ ।

बिज्ञापन

यद्यपि सामान्यले सोमबारमात्र ती उपसचिवमध्ये माधव घिमिरेलाई जिल्ला समन्वय समिति संखुवासभा र अशोक भट्टराईलाई जिल्ला समन्वय समिति भोजपुरमा पु¥याएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आह्वान

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा: पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

हरित वित्त: विकास र प्रकृतिबीचको सन्तुलन

एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

कर्मचारीहरूको गाडी थुत्ने: मन्त्रीका स्वकीय गाडीमा राज गर्ने

सचिव सिग्देल र मन्त्रीको सल्लाहकारको गठबन्धन: नियुक्तिमा चलखेल गर्दै

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

बागमतीमा वैशाख २४ मा सार्वजनिक बिदा

बिशेष