भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रिक्त रहेको भक्तपुर मालपोत र लगनखेल मालपोतका प्रमुखमा क्रमश भीमबहादुर बुढा र अर्जुन राईलाई खटाएको छ । मन्त्रालयले हालैमात्र ती कार्यालयका प्रमुखहरुलाई संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा तानेर त्यहाँ नयाँ कार्यालय प्रमुख खटाएको हो ।
बिज्ञापन
मालपोत कार्यालय ललितपुरको प्रमुखको जिम्मेवारी लिएर जान लागेका बुढा राष्ट्रिय सहकारी प्राधिकरणमा कार्यरत थिए भने अर्जुन राईलाई गत साता मात्र भूमि मन्त्रालयमा सरुवा भएर गएका हुन । राइले गृह मन्त्रालय मागेको भए पनि उनी भूमि मन्त्रालयमा पुगेर मालपोत भक्तपुरको प्रमुखको जिम्मेवारी दिएर खटाइएको हो ।
भूमि व्यवस्था मन्त्री कुमार इङ्गनामले सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेल र कर्मचारी प्रशासन हेर्दै आएकी पार्वती शर्मालाई मन्त्रालयमै डाकेर मालपोत कार्यालय भक्तपुर र लगनखेल मालपोतका प्रमुखहरुको तत्काल सरुवा गरी दुर्गममा पठाउन निर्देशन दिएका थिए । यी मालपोत प्रमुखहरुविरुद्ध मन्त्री रुष्ट हुनुको कारण थियो,मन्त्री हुनुभन्दा केही अघिमात्र आफ्नो जग्गाको कामको सिलसिलामा भक्तपुर मालपोतमा पुग्दा पूर्व माननीय विरेन्द्र महत्तोलेझैं कर्मचारीलाई पाँच हजार घुस नखुवाइए कामै नभएको र ललितपुर मालपोतका प्रमुखले लेखनदासमार्फत मासिक २५ लाखसम्म असुलिरहेको बिषय मन्त्रीको कानसम्म पुगेपछि मन्त्रीले तत्काल ती दुई उपसचिवहरुलाई दुर्गममा सरुवा गर्न सामान्यका सचिव र सहसचिवलाई मन्त्रालयमै डाकेर निर्देशन दिएका थिए ।
मन्त्रीको निर्देशन लगतै गत पुस २० मा ती उपसचिवद्धयलाई सामान्यको बरण्डामा तानिएको थियो । यी दुबै उपसचिव सरुवा बदरको मुद्धा बोकेर प्रशासकीय अदालत पुगेका छन्,२४ पुसमा । यी दुई उपसचिवसँगै मिसिएर भक्तपुर मालपोतमा बसेर रजगज गरिरहेका डम्बर कार्कीले समेत त्यहाँ मुद्धा दर्ता गराएका छन् । उनलाई मालपोतबाट गृहमा पठाइएकोमा रमाना नलिइ बसिरहेका थिए । कार्कीलाई भूमिका चर्चित विचौलिया प्रमोद खड्काको दाहिने हातका रुपमा चिन्छन्,कर्मचारीहरु । यो मुद्धामा दुबै पक्षलाई बोलाएर यसमा १ माघमा प्रशासकीय अदालतले निर्णय गर्दैछ ।
बिज्ञापन
यद्यपि सामान्यले सोमबारमात्र ती उपसचिवमध्ये माधव घिमिरेलाई जिल्ला समन्वय समिति संखुवासभा र अशोक भट्टराईलाई जिल्ला समन्वय समिति भोजपुरमा पु¥याएको छ ।


























