बढुवा सिफारिस समितिले थप पाँच जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।
बिज्ञापन
समितिले नेपाल कृषि सेवाका खाद्य पोषण तथा गुण नियन्त्रण,भेटेरिनरी समूह र नेपाल वन सेवाका शाखा अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
बिज्ञापन
जस अनुसार,नेपाल कृषि सेवा, भेटेरिनरी समूहबाट डा सुलेश्वर मण्डल बढुवा सिफारिस भएका छन् । यस्तै कृषि सेवा,पोषण तथा गुण नियन्त्रण समूहबाट प्रक्षा न्यौपाने र नेपाल वन सेवा,जनरल फरेष्ट्री समूहका राम लखन ठाकुर, लोकनाथ घिमिरे र राम बाबु यादवलाई बढुवाका लागि सिफारिस भएका छन् ।
यी पाँचै जना अधिकृतहरुलाई ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उपसचिवमा बढुवा सिफारिस गरिएको समितिले जनाएको जनाएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























