निशा अधिकारीको संयोजकत्वमा ‘निरामय’ टोली गठन

बिरामी सुरक्षालाई केन्द्रविन्दुमा राखेर निरामयद्धारा द्वारा आयोजित दुई दिने राष्ट्रिय सम्मेलन चितवनमा सफलतापूर्वक सम्पन्न भएको छ। विभिन्न विश्वविद्यालय, स्वास्थ्य संस्थान तथा स्वास्थ्य क्षेत्रसँग आबद्ध विज्ञ, प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागितामा सम्मेलन सम्पन्न भएको हो। सम्मेलनका प्रमुख अतिथि तथा प्रमुख वक्ताका रूपमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको उपस्थिति रहेको थियो। उहाँले करिब एक घण्टा लामो पावरपोइन्ट प्रस्तुति मार्फत औषधि सुरक्षाका विविध पक्षहरू प्रस्तुत गर्दै नागरिक सचेतना, नीति कार्यान्वयन र सबै सरोकारवालाको सहकार्यबाट मात्र बिरामीलाई सुरक्षित राख्न सकिनेमा जोड दिनुभयो।

बिज्ञापन

सम्मेलनका संयोजक उपप्राध्यापक डा. दीर्घराज जोशीका अनुसार देशभरका विभिन्न विश्वविद्यालय तथा कलेजबाट प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ता तथा स्वास्थ्यकर्मी गरी १६७ भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो। सम्मेलनमा चारवटा प्राविधिक सत्र, एउटा प्यानल छलफल, चारवटा अतिरिक्त मौखिक प्रस्तुति तथा २२ वटा पोस्टर प्रस्तुति प्रस्तुत गरिएका थिए। उत्कृष्ट मौखिक तथा पोस्टर प्रस्तुति प्रस्तुत गर्ने सहभागीहरूलाई सम्मान समेत प्रदान गरिएको थियो।

बिज्ञापन

स्वास्थ्य क्षेत्रमा तीनदेखि चार दशकसम्म योगदान पुर्‍याएका वरिष्ठ वैज्ञानिक, चिकित्सक, नर्स तथा प्राध्यापकहरूको उल्लेखनीय प्रस्तुति सम्मेलनको विशेष आकर्षण बनेको थियो। डा. कालु शर्मा सुवेदी, डा. शीतल अधिकारी, प्राध्यापक ममता शर्मा न्यौपाने, प्राध्यापक डा. कल्पना पौडेल, सहप्राध्यापक डा. विष्णु बिष्ट, प्राध्यापक डा. मुनिराज क्षेत्रीलगायत आ–आफ्नो क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वहरूले प्रस्तुतिहरू दिनुभएको थियो। सम्मेलनको मूल उद्देश्य सामाजिक चेतना अभिवृद्धि गर्दै करुणा, दया, प्रेम, नैतिकता र इमान्दारितालाई स्वास्थ्य सेवाको आधार बनाउनु रहेको आयोजकले बताएका छन्।

“मेरो देश, मेरो जिम्मेवारी — नेपाल प्रथम” भन्ने राष्ट्रिय भावनाका साथ काम गरेमा नागरिक सुरक्षामार्फत स्वस्थ समाज निर्माण भई देश रूपान्तरण सम्भव हुने निष्कर्ष सम्मेलनले निकालेको छ। यसै सम्मेलनको अवसरमा ‘निरामय’ नामक राष्ट्रिय टोली गठन गरिएको छ, जसको संयोजकका रूपमा प्राध्यापन क्षेत्रमा सक्रिय निशा अधिकारी चयन हुनुभएको छ। साथै, आगामी एक वर्षभित्र वीरगञ्जमा नर्सिङ विद्यार्थीहरूलाई लक्षित अर्को राष्ट्रिय कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरिएको छ।

बिज्ञापन

केवल एक हजार रुपैयाँ प्रवेश शुल्कमा दुई दिनको निःशुल्क आवास, तीन समयको भोजन र अन्य व्यवस्थापन गरिएको देखेर धेरै सहभागीहरू अचम्मित भएको प्रतिक्रिया दिएका थिए। निरामयको मूल उद्देश्य नै सबैलाई जोड्दै सबैलाई स्वस्थ राख्नु भएकाले विभिन्न सहयोगी मनहरूको साथले यस्तो सम्भव भएको सम्मेलन संयोजक डा. दीर्घराज जोशीले बताउनुभयो।

“वसुधैव कुटुम्बकम्” अर्थात् विश्व एक परिवार हो, “सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः” भन्ने भावनालाई आत्मसात् गर्दै निरामयले आगामी दिनहरूमा स्वास्थ्य क्षेत्रमा कार्य गर्ने नवनियुक्त संयोजक निशा अधिकारीले बताउनुभयो।

कार्यक्रमको सह–आयोजकको नाताले चितवन मेडिकल कलेजको तर्फबाट प्राध्यापक ममता शर्मा न्यौपानेले सम्मेलन सहकार्य गर्न पाएकोमा गर्व व्यक्त गर्दै आध्यात्मिक चेतना सहित स्वास्थ्य सेवामा अघि बढ्नुपर्नेमा विशेष जोड दिनुभयो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष