प्राविधिक सेवाका चार जना अधिकृत उपसचिव बढुवाका लागि सिफारिस भएका छन् ।
बिज्ञापन
बढुवा सिफारिस समितिको शनिवार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवाका विभिन्न समूहबाट चार जना अधिकृतहरु उपसचिव बढुवाका लागि सिफारिस भएका हुन ।
जस अनुसार नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,हाइड्रोलोजी उपसमूहबाट निराकार थापा,नेपाल इन्जिनियरिङइलेक्ट्रिकल समूह,जनरल इलेक्ट्रिकल उपसमूहबाट स्वतन्त्र कुमार कर्ण,नेपाल इन्जिनियरिङ सेवा,टेलिकम्युनिकेसन समूहबाट अनिल भुजेल र नेपाल इन्जिनियरिङ सेवा,मेटोरियोलोजी समूहबाट सन्नी महर्जन बढुवाका लागि सिफारिस भएका छन् ।
बिज्ञापन
सिफारिस समितिले चारै जना अधिकृतहरुलाई जेष्ठता र कार्यसम्पादन मुल्याकंनका आधारमा बढुवाका लागि सिफारिस गरेको हो ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























