१८ बर्ष नपुगेकालाई स्थायी सरकारी नियुक्ति,अख्तियारले चलायो भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको साविक हरिपूर्वा गाविसका तत्कालीन सचिव राम प्रकाश सिंह दनुवारसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले पूर्वसचिव रामप्रकाश सिंह दनुवार र कार्यालय सहायक अरुणकुमार यादवउपर आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा चलाएको हो ।

बिज्ञापन

उनीहरु उपर गलत लिखत तयार गर्ने तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सचिव दनुवारले १८ वर्ष उमेरसमेत नपुगेका यादवलाई बिना दरबन्दी नियुक्त गरेको खुलेको छ । १८ वर्ष पूरा हुनुपर्नेमा १७ वर्ष २५ दिन मात्र उमेर भएको अवस्थामा नियुक्ति दिएको, उक्त समयमा नेपाली नागरिकता नै प्राप्त नगरेको अवस्थामा गलत लिखत तयार गरी यादवलाई स्थायी नियुक्ति भएको पत्र बनाउने, सच्याउने, केरमेट गर्ने, थपघट गर्ने कार्य गरेको पाइएको भन्दै मुद्दा दायर गरिएको हो ।

बिज्ञापन

सोही नियुक्तिपत्रका आधारमा यादवले स्थायी कर्मचारीसरह तलब, भत्तासहित सुविधा उपभोग गर्दै आएको पाइएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष