३० अधिकृतको सरुवा : १६ जना संघीय मन्त्रालयबाट पुगे स्थानीय तह

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतहरुको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत शाखा अधिकृतहरु मध्ये १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित गाउँपालिकामा खटाएको छ भने केही प्रमुख प्रशासकीय अधिकृतहरुलाई अन्तर पालिका सरुवा गरेको छ ।दुई शाखा अधिकृत निर्वाचनको मुखमा शत प्रतिशत भत्ता खान निर्वाचन आयोगमा पुगेका छन् ।

बिज्ञापन

संघीय मन्त्रालयबाट स्थानीय तहमा खटिएका शाखा अधिकृतहरुमा कृषि मन्त्रालयबाट मिलन कार्की फेदाप गाउँपालिका,सामान्यको अतिरिक्त समूहबाट भुवन चापागाई मेलुङ गाउँपालिका,स्वास्थ्य मन्त्रालयाट गौरी प्रसाद आचार्यलाई मुसीकोट नगरपालिका,भूमिबाट अर्जुनकुमार मण्डललाई धनुषाधाम नगरपालिका,सञ्चारबाट विष्णुप्रसाद शर्मालाई आठबीसकोट नगरपालिका,उद्योगबाट हरिबहादुर खत्रीलाई त्रिपुरासुन्दरी नगरपालिका,सहरीबाट बिर सिंह भण्डारीलाई पञ्चेश्वर गाउँपालिकामा पठाइएको छ । गृहबाट चिरञ्जिवी जि एमलाई रसुवा आमाछोदिङ्मो गापा,भूमिबाट मोहनसिंह दर्जीलाई कोशी गाउँपालिका,गृहबाट हेमबहादुर कार्कीलाई गौडैता नगरपालिका,अर्जुनजंग शाहलाई सिद्धकुमाख गाउँपालिका,भूमिबाट अजय राजवशीलाई आठराई त्रिवेणी गाउँपालिका,सञ्चारबाट विष्णु बुढाथोकीलाई मिक्लाजुङ गाउँपालिकामा खटाइएको छ ।
सरुवाको सूची अनुसार,टिकाराम पौडेललाई भूमिबाट स्वर्गद्धारी नगरपालिका,योगेशकुमार यादवलाई भूमिबाट मिर्चैया नगरपालिका,स्वास्थ्यबाट प्रशान्त बर्मालाई क्षिरेश्वर नगरपालिकामा खटाइएको छ ।

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जनक बस्नेतलाई आमचोक गाउँपालिका,कृष्णप्रसाद उपाध्यायलाई तुर्माखाद गाउँपालिका,नारायण भण्डारीलाई आठराईमा पुर्याइएको छ ।
यस्तै अन्तर पालिका सरुवा भएका शाखा अधिकृतहरुमा दानबहादुर ऐडी राप्तीसोनारी गाउँपालिकाबाट इन्द्रावती,इन्द्रावतीबाट मनहरी बराललाई कविलासी नगरपालिका,फेदापबाट उदित्यकुमार कर्णलाई नरहा गाउँपालिका,मनोज महेतालाई कोही गाउँपालिकाबाट जिसस भोजपुरमा पठाइएको छ । डडुवाबाट नारायण विष्टलाई मेल्लेख गाउँपालिका,जिसस ताप्लेजुङबाट प्रभा आलेलाई जिसस धादिङमा ल्याइएको छ भने सुर्नया गापाबाट खगेन्द्र भारती निर्वाचन आयोग पुगेका छन् । भूमिबाट सूर्यबहादुर थापा पनि शत प्रतिशत भत्ता पाइने निर्वाचन आयोगमै पुगेका छन् । राम उद्गार अधिकारी क्षिरेश्वरबाट श्रम मन्त्रालयमा इन्ट्री भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सीडीओहरूलाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर

५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

एकै पटक ५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

सात महिनापछि भ्रष्टाचार मुद्धामा कान्छा सह-सचिवलाई सफाइ

प्रधानमन्त्रीद्वारा तीन मन्त्रीलाई राजीनामा दिन आग्रह

गृहले खटायो नुवाकोट र बाग्लुङमा नयाँ सिडियो

उदयपुरको महिला सामुदायिक वनमा पाँच लाखभन्दा बढी रकम हिनामिनाको अभियोग

मालपोतका कर्मचारी सरुवामा विचौलियाको काम गर्ने विभागकै अधिकृत भएको खुलासा

बिशेष