‘इन्टिग्रिटी आइडल अवार्ड’ थाप्ने उपसचिवलाई भ्रष्टाचार मुद्धामा साक्षी बुझ्न अदालतको आदेश

११ वर्षअघि पहिलो इन्टिग्रिटी आइडल घोषित खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपसचिव ज्ञानमणि नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दामा साक्षी बुझ्न आदेश गरेको छ ।

बिज्ञापन

सामाजिक र पेसागत क्षेत्रमा उत्कृष्ट योगदान गरेको भन्दै अकाउन्टिबिलिटी ल्याबनामक संस्थाले नेपाललाई सन् २०१४ मा इन्टिग्रिटी आइडल उपाधि हात पारेका नेपालसहितका नौ जनालाई प्रतिवादी बनाउँदै अख्तियार गत जेठ अन्तिम साता विशेष अदालतमा पुगेको थियो । सोही मुद्धाको सुनुवाई गर्दै विशेषका न्यायधीशहरु  नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले साक्षी बुझ्ने आदेश दिएको छ ।

बिज्ञापन

खोटाङको दिप्रुङ चुइचुप्पा गाउँपालिका– ७ स्थित कृष्ण माविको चारकोठे भवन निर्माणमा २५ लाख ५० हजार रुपैयाँ निकासा दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अगाडि बढाएको हो । नेपाललाई प्रमुख प्रतिवादी कायम गरेको अख्तियारले शिक्षाकै तत्कालीन इन्जिनियर वृधन यादव, सबइन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र तत्कालीन लेखापाल सुरेशकुमार श्रेष्ठविरुद्ध साढे २५ लाख बिगो कायम गरेर मुद्दा चलाएको छ । विद्यालयका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष टीकाराम राई र भवन निर्माण गर्ने जयप्रसाद राईलाई जनही साढे २५ लाखको बिगो मागदावी सहित विशेष अदालतमा पुगेकोमा विशेषले साक्षी बुझ्न आदेश दिएको हो । अकाउन्टिबिलिटी ल्याव नामक संस्थाले सन् २०१४ मा नेपाललाई पहिलो ‘इन्टिग्रिटी आइडल अवार्ड’ हात पारेका तत्कालीन उपसचिव नेपालले विद्यालय भवन निर्माणमा २५ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ।

गुणस्तरहीन काम भनी प्राविधिक प्रतिवेदनमा उल्लेख भए पनि नेपालले सुधार नगरी बजेट अतिआवश्यक रहेको देखाएर झुटा बिल–भर्पाईका आधारमा रकम निकासाका लागि जिल्ला शिक्षा कार्यालयबाट सदर गरेको आरोप छ । विद्यालयको चारकोठे आरसिसी भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले २४ लाख र जनसहभागिताबाट २१ लाख १० हजार ८९२ गरी कुल ४५ लाख १० हजार ८९२ रुपैयाँमा काम गर्ने गरी सम्झौता भएको थियो । तर, न्यून गुणस्तरको भवन बनाएको र प्रयोगमै ल्याउन नमिल्ने अवस्थाको भएको अख्तियारको दाबी छ ।

बिज्ञापन

सोही मुद्धामा विशेष अदालतले साक्षी बुझ्ने आदेश गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

४६ कर्मचारीलाई बरण्डामा राखेर १ करोड ८५ लाख भुक्तानी

निजामतीमा विकृती :स्वीकृत दरबन्दीभन्दा ४ हजार १६ बढी कर्मचारी पदपूर्ति

१२ दिनपछि प्रधानन्याधीश इजलाशमा,सपना बिदामा,कुमारको खोसियो बरिष्ठतम्

‘चयनमुखी’ सरुवाले कर्मचारीमा बैचनी,निमित्तको अन्त्य र सिंहदरबारका ‘रैथाने’ हटाउने अभियान ठप्प

बिशेष