संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्यायपूर्वक सरुवा गरेको भन्दै दुई उपसचिव प्रशासकीय अदालतको ढोका ढकढकाउन पुगेका छन् ।
मन्त्रालयले गत पुस ११ गते वैदेशिक रोजगार विभागबाट सरुवा गरेका उपसचिवद्धय उपेन्द्रराज पौड्याल र लवराज जोशी सरूवा बदरको निवेदन लिएर प्रशासकीय अदालत पुगेका हुन्।
बिज्ञापन
मन्त्रालयले पौड्याललाई गृह मन्त्रालय वा अन्तर्गत र जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बरण्डामा सरुवा गरेर हालैमात्र विभागको महिला महानिर्देशक बनेकी मीरा आचार्यले त्यहाँ उपसचिवद्धय कृष्णकुमारी गौली तिवारी र राजेश्वरी खत्री सापकोटालाई भित्र्याएकी थिइन । सोही सरुवाको निर्णयविरुद्ध उपसचिवद्धय पौडयाल र जोशी प्रशासकीय अदालतमा पुगेका हुन ।पौडेल परराष्ट्रका पूर्व सचिव भरतराज पौडेलका आफ्ना भाइ हुन । उनी विभाग पुगेको ६ महिनामै सरुवामा परेका हुन भने पूर्व मन्त्री भानुभक्त जोशीका निजी सचिव हुँदै वैदेशिक रोजगार विभागमा पुगेका जोशी पनि छोटै अवधिमा सरुवामा परेका हुन ।
उनीहरुले दायर गरेको रिट निवेदन उपर प्रशासकीय अदालतका अध्यक्ष डा टेकबहादुर घिमिरे, नवलकिशोर यादव र आलोकचन्द्र श्रेष्ठको इजलाशमा सुनुवाई सुरु भएको छ ।


































