गृह मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/ ८३ को पहिलो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ ।
बिज्ञापन
गृहले सार्वजनिक गरेको ७७ जिल्ला प्रशासन कार्यालयको रिर्पोट कार्ड अनुसार जिल्ला प्रशासन कार्यालय मनाङ अब्बल दह्रिएको छ भने सबैभन्दा कमजोर कार्यसम्पादन पर्सा र काठमाडौं जिल्ल प्रशासन कार्यालयको देखिएको छ ।
जसमा २९ दशमलव २५ पूर्णाङ्कमध्ये मनाङले २८ दशमलव ७५ अंक प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमध्ये पहिलो स्थान हासिल गरेको छ । यस्तै दोश्रोमा ललितपुर जिल्ला प्रशासन कार्यालयले २८ दशमलव २५ अंक प्राप्त गरेको छ भने धनकुटाले २८ दशलमव ५,स्याङ्जा २८ दशमलव ३७,पर्वतले २८ दशमलव ३१ प्राप्ताङ्क प्राप्त गरेका छन् । यस्तै दाङ जिल्लाले २७ दशमलव ९३ प्राप्तांक प्राप्त गर्दा डोटी जिल्ला प्रशासन कार्यालयले २७ दशमलव ८७ अंक प्राप्त गरी सातौं स्थानमा रहेको छ । कार्यसम्पादनमा आठौं स्थानमा २७ दशमलव ७५ अंकसहित रामेछाप,२७ दशमलव ७ अंकसहित जाजरकोट,वैतडी र नुवाकोट जिल्ला प्रशासन कार्यालय टप टेनभित्र पर्न सफल भएका छन् ।
गृहको प्रथम त्रैमासको कासमूमा सबैभन्दा कमजोर पर्सा जिल्ला प्रशासन कार्यालय रहेको छ । मूंल्याकन अवधिमा सो जिल्ला प्रशासन कार्यालयले ६ दशमलव ३१ अंक मात्र प्राप्त गरेको छ भने काठमाडौं जिल्ला प्रशासन कार्यालयले ७ दशमलव शून्य ६,सिरहाले १० दशमलव १८ र धनुषा जिल्ला प्रशासन कार्यालयले १४ दशमलव २५ अंक प्राप्त गरेका छन् ।
गृह मन्त्रालयले शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वयलगायतका आधारमा जिल्ला प्रशासन कार्यालयहरुको कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ ।

























