तीन महिनामै गृह सचिवमा रामेश्वर दंगाल सरुवा भएका छन् । जेनजी विद्रोहपछि तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाएर रक्षा सचिवको भूमिकामा रहेका दंगाललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
बिज्ञापन
तर तीन महिना अवधि नपुग्दै दंगाललाई सरुवा गरेर लोकसेवा आयोगमा खटाइएको छ । दंगाल कडा स्वभावका प्रशासकका रुपमा चिनिन्छन् । यस अघि धनकुटा र सल्यानको प्रमुख जिल्ला अधिकारी चलाइसकेका उनी भन्सार विभागका महानिर्देशक समेत चलाइसकेका कर्मचारी हुन । यस अघि राजस्व सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव हुँदै रक्षा पुगेका दंगाललाई तीन महिनामै अर्थात निर्वाचनकै सम्मुखमा गृहबाट सरुवा गरेर किन लोकसेवा आयोगमा पठाइएको होला ?
गृह सचिवको भूमिकाप्रति मन्त्री ओमप्रकाश अर्याल रुष्ट हुन पुगेको स्रोतको भनाई छ । विशेषगरी सहसचिव र उपसचिवहरु सरुवा गर्दा भक्तपुरमै बसोबास भएका र एमाले पृष्टभूमिका कर्मचारीहरुलाई मात्र आकर्षक जिल्लामा खटाउँदै आएका कारण उनी उपर कर्मचारी वृत्तमै व्यापक गुनासो रहेको थियो । सोही कारण उनलाई गृहबाट लोकसेवा आयोगमा खटाइएको बताइन्छ ।उनीमाथि सरकारका गुप्त योजनाहरु गुण्डुमा पुर्याउने गरेका एकाथरीको आरोप छ । यही कारण पनि उनलाई गृहबाट सरुवा गरेर लोकसेवा आयोगमा पठाइएको हो ।
उता गृहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राजकुमार श्रेष्ठलाई लगिएको छ । विद्यालय निरीक्षक (विनि)बाट प्रशासन सेवामा फड्को मार्दै उपसचिव र ६९ सालका सहसचिव हुन श्रेष्ठ । ७८ भदौंमा सचिवमा बढुवा भएका श्रेष्ठ सचिव बढुवा भएपछि कर्णाली प्रदेशको प्रमुख सचिव, लोक सेवा आयोगको सचिव हुँदै राजकुमार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै गृहमा भित्रिएका हुन । उनको पुख्र्याैली थलो गोरखा हो ।

























