गृह मन्त्रालयले सहसचिव र उपसचिव तहका १३ जना कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले एक उपसचिव र १२ जना सहसचिवहरुको सरुवा गरेको हो । मन्त्रालयले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ भने रिक्त रहेको कारागार व्यवस्थापन विभागमा नुवाकोटको प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेर त्यहाँको जिम्मेवारी दिएको छ ।
बिज्ञापन
मन्त्रालयले जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट शशिधर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ भने हालै गृह भित्रिएका राजन पौडेललाई भोजपुरको प्रमुख जिल्ला अधिकारी,लक्ष्मी प्रसाद पौडेललाई पर्वत,रेखा कँडेललाई खोटाङ,शान्तिराज प्रसाईलाई प्युठान,उमेश ढुंगनालाई लमजुङ,हरि प्रसाद घिमिरेलाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाइएको छ ।
यस्तै,तनहुँको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी सिन्धुपाल्चोक पुगेका छन् भने भोजपुरबाट शिवलाल तिवारीलाई तनहुँ पठाइएको छ । कञ्चनपुरबाट लक्ष्मण ढकाललाई इलाम खटाइँदा हालैमात्र गृह भित्रिएका मदन कोइरालाले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयको नेतृत्व गर्ने भएका छन ।
प्युठानबाट दिपकराज नेपाल सुस्तापूर्वको सिडियोको जिम्मेवारी पाउँदा उपसचिव महेन्द्र सापकोटालाई सल्यानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

























