१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

गृह मन्त्रालयले सहसचिव र उपसचिव तहका १३ जना कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले एक उपसचिव र १२ जना सहसचिवहरुको सरुवा गरेको हो । मन्त्रालयले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ भने रिक्त रहेको कारागार व्यवस्थापन विभागमा नुवाकोटको प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेर त्यहाँको जिम्मेवारी दिएको छ ।

बिज्ञापन

मन्त्रालयले जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट शशिधर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ भने हालै गृह भित्रिएका राजन पौडेललाई भोजपुरको प्रमुख जिल्ला अधिकारी,लक्ष्मी प्रसाद पौडेललाई पर्वत,रेखा कँडेललाई खोटाङ,शान्तिराज प्रसाईलाई प्युठान,उमेश ढुंगनालाई लमजुङ,हरि प्रसाद घिमिरेलाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाइएको छ ।

बिज्ञापन

यस्तै,तनहुँको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी सिन्धुपाल्चोक पुगेका छन् भने भोजपुरबाट शिवलाल तिवारीलाई तनहुँ पठाइएको छ । कञ्चनपुरबाट लक्ष्मण ढकाललाई इलाम खटाइँदा हालैमात्र गृह भित्रिएका मदन कोइरालाले कञ्चनपुर जिल्ला प्रशासन कार्यालयको नेतृत्व गर्ने भएका छन ।

प्युठानबाट दिपकराज नेपाल सुस्तापूर्वको सिडियोको जिम्मेवारी पाउँदा उपसचिव महेन्द्र सापकोटालाई सल्यानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

निजामती ट्रेड युनियनमाथि प्रतिवन्ध, कर्मचारीको एनजीओलाई मान्यता

मेलम्ची खानेपानीका दुईवटा गाडी स्थानीयको नियन्त्रणमा

ऐन,नियम भन्दा माथि निर्देशिका कहिलेदेखि श्रीमान ?

बिशेष