जहाँ जुनियर हाकिमले सिनियर कर्मचारी खटन पटन गरिरहेछन्

देशकै सबैभन्दा ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकामा प्रशासन संयन्त्र भद्रगोल रुपमा चलिरहेको छ । जहाँ छैठौं तहका कर्मचारीहरुले सातौं र आठौं तहका कर्मचारीहरुलाई खटन पटन गरिरहेको भेटिन्छ । कर्मचारीतन्त्रमा सिनियरले जुनियरलाई खटनपटन हुनुपर्ने हा तर त्यहाँ ठीक उल्टो छ जुनियर हाकिमले सिनियरलाई काममा खटाउँछन् ।

बिज्ञापन

महानगरपालिकाको वातावरण विभाग, सूचना प्रविधि विभाग, राजश्व विभाग, नक्सा हेर्ने शहरी व्यवस्थापन विभागमा दशौंलाई फाजिलमा राखेर राजश्वबाहेकको विभागमा आठौं र नवौं तहलाई राखिएको छ । कुनै पनि रिक्त दरवन्दीमा बढीमा छ महिनाका लागि कायममुकायम दिन सकिन्छ । तर नगर प्रहरीमा राजुनाथ पाण्डेले २ बर्षदेखि नियम विपरित नेतृत्व सम्हालिरहेका छन् ।

बिज्ञापन

त्यस्तै वातावरण विभागमा आठौं तहकी सरिता राई हाकिम छिन् । महानगरको भन्सार भनेर चिनिने नक्सा फाँट सम्हाल्ने शहरी व्यवस्था विभागमा ललितपुर महागनरबाट समायोजन भएर गएका नवौं तहका इञ्जिनियर हरिश्चन्द्र लामिछानेले जिम्मेवारी सम्हालेका छन् । सूचना प्रविधि विभागमा मात्र ५ जनाभन्दा बढी आठौं तहका कर्मचारी छन् । जस्तैः नक्सा शाखामा इन्जिनियर सन्तोष पाण्डे, सूचना प्रविधि विभागमा सुदिप ढकाल, वातावरण विभागमा सुनिल लम्साल, शिक्षा विभागमा सस्मित पौडेलहरुले भनेबमोजिम मात्र काम हुने गर्दछ । उनीहरु मेयर वालेनका कोर टिमका हुन । त्यही भएर पनि अहिले महानगरले गर्ने विकास निर्माण, संरचना निर्माण एवं खरिद कार्यमा स्पेसिफिकेशनदेखि नै यिनै विज्ञहरुको सेटिङ्ग चल्ने गर्दछ । एउटै शाखामा ३ जनासम्म आठौं तहको कर्मचारीलाई घाम तपाएर राखिएको छ । यो त भयो केन्द्रीय कार्यालयको कुरा ।

महानगरपालिकाका ३२ वडामध्ये धेरैतिरको हालत उस्तै छ । छैठौं तहको पानी बढुवा अधिकृतले सातौ वा आठौं तहका कर्मचारीलाई खटनपटन गरिरहेका छन् । महानगरको वडा नं. १,२,५,८,९,११,१२,१४,१७,२६,२८,२९ र ३० लामो समयदेखि छैठौंले हाँकिरहेका छन् । अनि उनीहरुले आठौं तहका प्राविधिक तथा लेखा अधिकृतहरुलाई खटन पटन गरिरहेको देखिन्छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की,पूर्व रथी शर्मा बन्दैछन् परराष्ट्र मन्त्री

रिक्त आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी खटाइँदै,को को छन् चर्चामा ?

संयोग कि प्रतिशोध : सचिव बनेलगतै पूर्व पत्नीलाई दुर्गम सरुवा

जहाँ जुनियर हाकिमले सिनियर कर्मचारी खटन पटन गरिरहेछन्

प्रदेश लोकसेवाले माग्यो अधिकृत सातौं तहका लागि १८७ कर्मचारी

थप दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष