यी हुन सहसचिव बढुवाका सम्भाव्य उमेद्धार

निजामती सेवामा झण्डै पाँच दर्जन उपसचिवहरु जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा सहसचिव बढुवाका लाइनमा छन् । जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा हुने प्रशासन सेवातर्फकै सम्भाव्य उमेद्धार ४२ जना रहेका छन् । यीमध्ये १२ उपसचिव बढुवा सिफारिस भइसकेका छन् ।  यस्तै लेखापरीक्षण समूहबाट ४,प्राविधिक (इन्जिनियरिङ)तर्फका १७ जना सहसचिव बढुवाका लाइनमा छन् ।

बिज्ञापन

तिनै उपसचिवहरुमध्ये बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फका १२ जना उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवाका लागि सिफारिस भएका उपसचिवहरुमा कृष्णप्रसाद आचार्य, कृष्णप्रसाद खनाल, गंगाबहादुर क्षेत्री, सुकदेव प्रसाद बाँस्कोटा, हिरालाल चौधरी, खिमबहादुर कार्की, युगराज पाण्डे, लेखनाथ ज्ञवाली, लक्ष्मण विक्रम थापा, एकनारायण शर्मा, डमरूप्रसाद निरौला र राजन राईलाई सहसचिव बढुवाका लागि सिफारिस गरेको छ भने लेखापरीक्षण तर्फबाट परशुराम न्यौपाने र थवराज अधिकारी सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ ।

बिज्ञापन

जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि सिफारिस गरेको हो । यस्का अलवा सहसचिव बढुवाका सम्भाव्य उमेद्धारहरुका रुपमा जनकराज भट्ट,महेन्द्रकुमार सापकोटा,रामप्रसाद वाग्ले,महेश पराजुली,टेकनारायाण् पौडेल,शम्भु प्रसाद रेग्मी,झनक बहादुर खत्री,प्रेमबहादुर दौत्याल,चन्द्रप्रसाद भुषाल,नारायणप्रसाद दाहाल,दीपक ज्ञवाली,मोहनशरण भण्डारी,रामेश्वर पोखरेल,कमल बहादुर थापा,पुष्पराज कटवाल,राजेन्द्रप्रसाद आचार्यलाई सम्भाव्य उमेद्धारहरुको रुपमा हेरिएको छ । प्रदर्शनी कुमारी,गोमादेवी चेम्जोङ,ताराप्रसाद सापकोटा,लक्ष्मी पराजुली,लोकबहादुर भण्डारी,चन्द्रकान्त निरौला,देवीप्रसाद थपलिया,तुलसीप्रसाद घिमिरे,अर्जुन निरौला,मनुका थापा,खेमराज विष्ट,ध्रुव प्रसाद कोइराला,शिशिर पौडेल पनि छिट्टै सहसचिवमा उक्लदैछन् ।

यस्तै लेखापरीक्षण लेखापरीक्षण तर्फबाट परशुराम न्यौपाने र थवराज अधिकारी जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि सिफारिस भएका छन् । सो समूहका सम्भाव्य अरु उमेद्धारका रुपमा प्रेमबहादुर मुङमेन र प्रमोद कुमार केसीलाई हेरिएको छ ।

बिज्ञापन

यस्तै,प्राविधिक सेवातर्फ नेपाल इन्जिनियरिङ सेवाका गौरीबहादुर श्रेष्ठ,बैकुण्ठ अर्याल र राजकुमार श्रेष्ठ,राजेश कुमार गौतम, झप्पर सिंह विश्वकर्मा,दिनकर खनाल,राजु आचार्य पदमराज देवकोटा सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । उनीहरु जेष्ठता र कार्यसम्पादन मूंल्याकनका आधारमा बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।

सो सेवा समूहबाट सहसचिव बढुवाका लाइनमा रहेका अरु उपसचिवहरुमा प्रकाश चौधरी,ओमराज ढुङ्गाना,मनिष कुमार अर्याल,नवीन कुमार सिंह, राजकाजी श्रेष्ठ,विजयकुमार महत्तो,धर्मेन्द्रकुमार झा,सुजन अधिकारी,रामकुमार देव,सन्तोष कुमार कर्ण,सुमन सालिके र जगदीश लामिछाने पनि सम्भाव्य उमेद्धारहरु हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शुद्धीकरणमा परेका कार्यालय सहयोगीदेखि आठौं तहका १२५९ कर्मचारी

यी हुन सहसचिव बढुवाका सम्भाव्य उमेद्धार

जेनजीका मन्त्रीहरुलाई भेगीय र जातीय कर्मचारीकै भर

एक करोडको चर्चा र नियम मिचिएको नियुक्ति

यस्ता छन् सचिव बैठकका २० निर्णय

प्राविधिकतर्फका आठ उपसचिव सहसचिव बढुवा सिफारिस

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

बिशेष