प्राविधिकतर्फका आठ उपसचिव सहसचिव बढुवा सिफारिस

बढुवा सिफारिस समितिले थप तीन जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले प्राविधिकतर्फका तीन उपसचिवहरु सहसचिवमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

जसमा नेपाल इन्जिनियरिङ सेवा सिभिल इन्जिियरिङ समूह,इरिगेसन उपसमूहका दिनकर खनाल र राजु आचार्य रहेका छन् । यस्तै, नेपाल इन्जिनियरिङ सेवा सिभिल इन्जिियरिङ समूह हाइड्रोलोजी उपसमूहका पदमराज देवकोटा सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

यस अघि अस्ति बसेको बढुवा सिफारिस समितिले प्राविधिकतर्फका पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस गरेको थियो । बढुवाका लागि सिफारिस भएका उपसचिवहरुमा नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,जनरल उपसमूहका गौरीबहादुर श्रेष्ठ,बैकुण्ठ अर्याल र राजकुमार श्रेष्ठ रहेका छन् । यस्तै, नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,हाइवे उपसमूहबाट राजेश कुमार गौतम र नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,आर्किटेक्ट उपसमूहबाट झप्पर सिंह विश्वकर्मा रहेका छन् ।

आठै जना प्राविधिक उपसचिवहरुलाई जेष्ठता र कार्यसम्पादन मूंल्याकनका आधारमा बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।

बिज्ञापन

यस अघि प्रशासन सेवातर्फका १४ जना उपसचिवहरु सहसचिवमा बढुवा सिफारिस भइसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अब कर्मचारीलाई अतिरिक्त समय काममा खटाउँदा अतिरिक्त पारिश्रमिक दिनुपर्ने

प्रमुख प्रशासकीय रंगेहात पक्राउ

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

निजामती ट्रेड युनियनमाथि प्रतिवन्ध, कर्मचारीको एनजीओलाई मान्यता

मेलम्ची खानेपानीका दुईवटा गाडी स्थानीयको नियन्त्रणमा

ऐन,नियम भन्दा माथि निर्देशिका कहिलेदेखि श्रीमान ?

बिशेष