शिक्षा मन्त्रालयका नक्कली शाखा अधिकृतको चर्तिकला

आफूलाई शिक्षा मन्त्रालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भन्दै ठगी गर्ने एक जना समातिएका छन् । निजामती कर्मचारीको पोशाक लगाएर निजामती जस्तो गरिमामय संस्थाको नाम दुरुपयोग गरि ठगी गरेको भेटिएसँगै प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१५ थसिखेल घर भई हाल काठमाडौं महानगरपालिका–२२ झोछे बस्दै आएका २३ वर्षीय समन श्रेष्ठ रहेका छन् । उनलाई आज काठमाडौं महानगरपालिका–१२ टेकुबाट प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

प्रहरीका अनुसार समन श्रेष्ठले लोकसेवा आयोगबाट शाखा अधिकृत पदमा नियुक्ति पाएको भन्दै नक्कली नियुक्ति पत्र तयार गरी सरकारी कर्मचारीले लगाउने पोशाकसमेत प्रयोग गर्दै खुलेको छ।
उनले केही व्यक्तिलाई भने जागिर लगाइदिन्छु भन्दै झुक्याउने गरेको खुलेको छ । उनीबाट बागमती प्रदेश लोकसेवा आयोगको कार्यालयबाट शाखा अधिकृतको पदमा नियुक्त भएको नियुक्त पत्र, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट अधिकृत पदमा नियुक्त भएको पत्र, शिक्षा मन्त्रालयकै परिचय पत्र, अर्थ मन्त्रालयबाट जारी हुने तलब भुक्तान सम्बन्धीको पत्र समेत बरामद भएको छ ।

उनले आफूले नपाएको ओहदाको परिचय दिँदै फाइदा लिन खोज्ने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

बिज्ञापन

प्रहरी अनुसन्धानको क्रममा उनले सिंहदरबारसहित विभिन्न सरकारी निकायमा गई आफूलाई सरकारी अधिकृतको रूपमा प्रस्तुत गर्ने, आफैँ उपस्थित भएर वा फोनमार्फत सरकारी कर्मचारी भएको परिचय दिई सर्वसाधारणलाई प्रभावमा पार्ने तथा आर्थिक लाभ लिएर जागिर लगाइदिन्छु भन्दै ठग्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका श्रेष्ठलाई सरकारी छाप तथा लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रास्वपाले टुंग्याउन थाल्यो मन्त्री : अर्थमा स्वर्णिम, परराष्ट्र शिशिर,गृहमा सुदन

४६ अर्बको काँकडभिट्टा–लौकाही आयोजनामा ‘महाघोटाला’ : सिडिइ जगत प्रजापतिको सेटिङमा ठेकेदारलाई अर्बौं फाइदा, अख्तियार मौन

मन्त्रालयको संख्या कटौती हुने भए पछि उच्च प्रशासकहरुको निदहराम

पहिलो क्याविनेटमै सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक निर्णय गर्दैछन् बालेन

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

बिशेष