कान्छो कर्मचारी संगठनमै ठूलो कलह

अहिले देशभरका सिनेमा हलमा प्रदीप भट्टराई निर्देशित महाजात्रा चलिरहेको छ । उक्त जात्रालाई माथ खुवाउने गरी जात्रा चलिरहेको छ, कर्मचारीहरूको कान्छो संगठनमा । उसै त एमालेसँग फुटेर सानो भएको कर्मचारी संगठन । विद्रोहपछि एकढिक्का भएर लड्नुपर्नेमा पद र कुर्सीका लागि जुहारी शुरु भएको छ । दुई वर्षअघि मात्र गठन भएको एकीकृत सरकारी कर्मचारी संगठनमा रेशम चौधरी र रञ्जिता श्रेष्ठ दम्पतीको घरझगडाझैँ झगडा उत्कर्षमा छ । आन्तरिक रूपमा, पार्टीबाटै विवाद समाधानका लागि पहल नभएपछि एउटा खेमा अदालतसम्म पुगेको छ । उच्च अदालत पाटनले एकीकृत सरकारी कर्मचारी संगठनको घर झगडामा दुबै पक्षलाई २५ चैत्रमा छलफलका लागि डाकेको छ । शरण गुरुङले दायर गरेको रिटमा निवेदकको तर्फबाट रमण श्रेष्ठ र चन्द्रप्रसाद गुरागाईले गरेको बहस सुनेसँगै राज्यलक्ष्मी बज्राचार्यको इजलासले २५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो ।

बिज्ञापन

यसरी निजामती कर्मचारी संगठनमा कलहको मुख्य जड बनेका छन् यामबहादुर खत्री । संस्थापक मोहन घिमिरेको समूहले अध्यक्षका प्रवल दावेदार माधव नेपालका भाञ्जी–ज्वाइँ शरण गुरुङलाई माइनस गर्दै खत्रीलाई बोकेपछि घरझगडा अदालतसम्म पुगेको हो । संस्थापक अध्यक्ष मोहन घिमिरे, २४ घ बाट उपसचिवमा उक्लिए । कर्मचारी नेता भएकै नाताले १९ महिनादेखि सामान्य प्रशासनमा हाजिर गर्छन् । घिमिरेझैँ गगनसिंह विष्ट पनि पानी बढुवामा उपसचिव भएका हुन् । टे«ड युनियनको अधिकार अधिकृतसम्म हो, उपसचिवलाई त्यस्तो सुविधा छैन । त्यही कारण मोहन र गगनहरू संगठनबाट बाहिरिए र यामबहादुरलाई अध्यक्ष बनाउन खोजे । सिनियारिटीका आधारमा गुरुङ अध्यक्षका प्रवल दावेदार हुन् भनिन्छ । गत वर्षको फागुन २६ र २७ गते खरिपाटी भेलाले संगठनको अध्यक्ष गगन र सहअध्यक्षमा शरणलाई चयन गरेको थियो । तर, शरणलाई पेशागत महासंघमा थन्क्याएर यामबहादुर खत्रीलाई अध्यक्ष बनाउने थाहा पाएपछि शरणले पेशागत छाडे र कर्मचारी संगठनकै अध्यक्ष पाउनुपर्ने अडान लिइरहे ।

बिज्ञापन

उनी ७३ जना पदाधिकारीको हस्ताक्षर बोकेर अध्यक्ष माधव नेपालदेखि महासचिवकहाँ पनि पुगे तर न्याय नपाएपछि अदालत गए । शरणलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा मधेश प्रदेश कार्यसमितिका अध्यक्ष तुलाकृष्ण गोइत, कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष गोरबहादुर बूढा र गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष सोमलाल तिवारीहरू छन् । उनीहरूले गुरुङको पक्षमा विज्ञप्तिवाजी नै गरिरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

बिशेष