सामान्य प्रशासनमन्त्रीलाई पेशागत महासंघको ११ बुँदे ध्यानाकर्षण पत्र

एकीकृत समाजवादी निकटको  पेसागत महासंघ नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । पेशागत महासंघको प्रतिनिधिले आज मन्त्री जोशीलाई भेटेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नामै परिवर्तन गर्नेदेखि संघीय निजामती सेवा ऐन चालु अधिवेशनबाटै पारित गर्न  ध्यानाकर्षण गराएको हो ।
पेशागत महासंघले सातै प्रदेशमा श्रमिक अस्पताल स्थापना गर्ने,न्यून आय भएका जनता र श्रमिकलाई राहत प्रदान गर्न रासन कार्डको व्यवस्था गर्ने मन्त्री जोशीलाई  ज्ञापनपत्र बुझाएको छ । यस्का अलवा राष्ट्रिय श्रम आयोग गठन गर्ने,अस्थायी ,करार र ज्यालादारी कर्मचारीको पदलाई दरबन्दी निर्धारण गरि खुल्ला प्रतियोगिता गरि स्थायी गर्ने सुझाव दिएको छ ।

बिज्ञापन

यस्ता छन पेशागत महासंघका ११ बुँदे सुझाव
१) तीनवटै तहका निजामती र सरकारी कर्मचारीकाे सेवा सुरक्षा,बृत्ति विकास र ट्रेड युनियन अधिकारकाे सुनिश्चित हुने गरि संघीय निजामती सेवा ऐन संसदकाे चालू अधिवेशन बाटै पारित गरिनुपर्ने ।
२)सरकारी तथा नीजि क्षेत्रमा काम गर्ने अस्थायी ,ज्यालादारी करार कर्मचारीहरुलाई सरकारले सामाजिक सुरक्षा रकम उपलब्ध गराएर सामाजिक सुरक्षा काेषमा आबद्ध गर्नुपर्ने ।

बिज्ञापन

३)सबै प्रदेशमा श्रमिक अस्पताल स्थापना गर्नु पर्ने ।

४) न्यून आय भएका जनता र श्रमिकलाई राहत प्रदान गर्न रासन कार्डकाे व्यवस्था गरि ७५३ वटै पालिकामा सुपथ मूल्यका पसल खडा गरि रासनकार्डका आधारमा विक्रिवितरण गर्नुपर्ने ।

बिज्ञापन

५) सार्वजनिक प्रशासन लगायत सिंगो श्रम क्षेत्रमा ओैधिगिक सम्बन्ध व्यबस्थित गर्न राष्ट्रिय श्रम आयाेग गठन गर्नुपर्ने ।

६) अस्थायी ,करार र ज्यालादारी कर्मचारीकाे पदलाई दरबन्दी निर्धारण गरि खुल्ला प्रतियोगिता गरि स्थायी गरिनुपर्ने ।

७) विगतमा नियुक्ति पाएका सामाजिक परिचालिकाहरुलाई काममा निरन्तरता प्रदान गर्नुपर्ने , न्यून तलबमा काममा लगाउने तथा काम गरेको तलब सुविधा भुक्तानी दिनुपर्ने ।

८) एक वडा एक कृषि तथा भेटेनरी प्राविधिककाे व्यवस्थापन गरि संघ सरकारले नै तलब सुविधा प्रदान गरि विगतमा नियुक्ति पाएका कर्मचारीहरुकाे सेवालाई निरन्तरता प्रदान गर्नुपर्ने ।

९) कर्मचारी सम्बद्ध निजामती अस्पताल ,कर्मचारी संचयकाेष, नागरिक लगानी काेष, संस्थान बैंकका संचालक समितिमा आधिकारिक ट्रेड युनियनको प्रतिनिधित्व हुनुपर्ने।

१०) अतिरिक्त हुलाकलाई १ वडा- १ हुलाक कार्यालय- १ हुलाक कर्मचारी रहने गरि अतिरिक्त हुलाककाे पुनसंरचना गरि संचालन गरिनुपर्ने , अतिरिक्त हुलाक खारेजीको निर्णय सरकारले फिर्ता लिनुपर्ने ।

११) मन्त्रालयकाे नाम “संघीय मामिला तथा मानव श्राेत व्यवस्थापन / शंसाधन मन्त्रालय” नयाँ नामाकरण गरिनुपर्ने ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

बिशेष